२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो News Polar लागुऔषधसहित छ जना पक्राउ News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक

तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा

तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा
अ अ+ अ-

काठमाडौं । इलाका प्रहरी कार्यालय तुलसीपुरलाई ‘बडी बर्न’ क्यामेरा प्राप्त भएको छ । यसअघि प्रहरीसमक्ष ‘बडी बर्न’ क्यामेरा थिएन ।

जसले गर्दा शान्ति सुरक्षामा निकै समस्या पर्ने गरेको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले क्यामेरा जडानपछि दोषी सहजै पत्ता लाग्ने बताउनुभयो ।

गोरखा ग्रुपद्वारा सञ्चालित गोरखा मोडेल कलेज तुलसीपुरले उक्त क्यामेरा प्रदान गरेको हो । ग्रुपका शैक्षिक निर्देशक दुर्गा केसीले मङ्गलबार उक्त क्यामेरा प्रहरी नायब उपरीक्षक पराजुलीलाई प्रदान गर्नुभएको हो । सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिनिल केसीले अपराध तथा दुर्घटना न्यूनीकरणका लागि प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभयो ।

नागरिक र प्रहरीबीच हुने अन्तक्र्रियाको वास्तविक दृश्य तथा श्रव्य अभिलेख राख्न र सडक दुर्घटनालगायतका गतिविधिको प्रत्यक्ष प्रमाण सङ्कलन गर्न क्यामेरा हस्तान्तरण गरिएको गोरखा ग्रुपका शैक्षिक निर्देशक केसीले बताउनुभयो ।

उहाँले प्रहरीलाई आवश्यक परेमा थप दुईवटा बडी वर्न क्यामेरा उपलब्ध गराउनेसमेत बताउनुभयो । सुरक्षाकर्मीको पोसाकमा जडान गरिने बडी वर्न क्यामेराले ड्युटीका क्रममा हुने गतिविधि, घटनाक्रम तथा अडियो र भिडियो रेकर्ड गरी कार्यस्थलमा पारदर्शिता, जवाफदेहिता र नागरिकको विश्वास अभिवृद्धि गर्न सहयोग पुर्ँयाउँछ ।