२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो News Polar लागुऔषधसहित छ जना पक्राउ News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो

मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो
अ अ+ अ-

काठमाडौं । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरको मतदाता नामावलीबाट तीन हजार ४७२ जनाको नाम हटाएको छ ।

मृत्यु भएका, दोहोरो नाम दर्ता भएका तथा नेपाली नागरिकता परित्याग गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको हो । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार नामावलीबाट हटाइएकामध्ये सबैभन्दा बढी एक हजार ९६४ जना मृत्यु भएका व्यक्ति छन् ।

सम्बन्धित वडा कार्यालयबाट प्राप्त मृत्यु दर्ताको विवरणका आधारमा उनीहरूको नाम हटाइएको हो । त्यसैगरी, निर्वाचन आयोगको प्रणालीमार्फत विवरण परीक्षण गर्दा दोहोरो नाम दर्ता भएका एक हजार ५०२ जनाको नाम हटाइएको निर्वाचन अधिकारी ढकालले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा नेपाली नागरिकता परित्याग गरेका छ जनाको नामसमेत मतदाता नामावलीबाट हटाइएको छ । कार्यालयले नाम हटाइएका व्यक्तिको विवरण सार्वजनिक गर्दै त्यसउपर कुनै दाबीविरोध भए आवश्यक प्रमाणसहित सम्पर्क गर्न सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ ।

मतदाता नामावलीलाई त्रुटिरहित र अद्यावधिक बनाउन विवरण परीक्षण गरी नाम हटाइएको कार्यालयले जनाएको छ । निर्वाचन आयोगले आगामी असोज ३० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुरमा तीन लाख १५ हजार ३३४ मतदाता रहेका थिए । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा १० स्थानीय तह छन् ।