२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल

भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व

भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व
अ अ+ अ-

काठमाडौँ, २७ असोजः रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गतेको बिहान आकस्मिक बाढी गयो । अकल्पनीय विनाशकारी बाढीमा व्यक्तिगत घरहरू बगे अनि क्षतिसमेत भए । जलविद्युत् आयोजना, सडक, विद्यालय, स्वास्थ्य संस्थाजस्ता पूर्वाधारहरुमा क्षति भयो । बाढीको शक्तिशाली भेलले बगाएका आफ्ना प्रियजनका खोजीमा परिवारजन, आफन्तजन भौतारिनुपर्ने, तड्पिनुपर्ने र चिन्तित हुनुपर्ने अवस्था आयो ।

नेपाल रेडक्रस सोसाइटीद्वारा परिचालित प्रारम्भिक प्रतिकार्यकर्ताहरूमध्ये राष्ट्रिय प्रतिकार्य टोली ‘एनआरटी’का सदस्यद्वय नवीनराज तिवारी र प्रकाश कार्की पनि हुुनुहुन्थ्यो । उहाँहरू दुवैका लागि यस विपद्ले प्रभावकारी आपत्कालीन प्रतिकार्यका लागि साहस र प्रतिबद्धता मात्र पर्याप्त नहुने, बरु पूर्वतयारी, समन्वय र समुदायलाई सबैभन्दा बढी सहयोगको आवश्यकता परेका समयमा छिटो र प्रभावकारी रूपमा परिचालित हुन सक्ने क्षमता पनि उत्तिकै महत्त्वपूर्ण हुने कुरालाई पुनः स्मरण गरायो । उहाँहरू दुवैले एनआरटी तालिममा आफ्नो लामो समयदेखिको कार्यगत अनुभव र व्यावहारिक ज्ञान प्रस्तुत गर्नुभएको थियो ।

सन् २००१ मा नेपाल रेडक्रस सोसाइटीमा आबद्ध भई हाल चितवन जिल्ला शाखामा कार्यरत नवीनका लागि आपत्कालीन अवस्थामा कार्य गर्नु नौलो होइन । अर्कातिर, जुनियर रेडक्रसबाट आफ्नो रेडक्रसको मानवीय स्वयंसेवा यात्रा सुरुआत गर्नुभएका प्रकाश सन् २००९ देखि नेपाल रेडक्रसको कर्मचारीका रूपमा कार्यरत छन् । उहाँले विकास कार्यक्रमका साथै आपत्कालीन प्रतिकार्यका कार्यहरूमा सहयोग पु¥याउँदै आउनुभएको छ । तै पनि, दुवै तालिमप्राप्त उद्धारकर्मीका अनुसार सन् २०२६ को जुनमा नेपाल रेडक्रसद्वारा आयोजित ‘एनआरटी’ तालिमले केही फरक अनुभव प्रदान ग¥यो । अर्थात्, आपत्कालीन प्रतिकार्यका लागि अझ व्यवस्थित र समन्वयात्मक दृष्टिकोण प्रदान ग¥यो । नवीन स्मरण गर्नुहुन्छ, “मसँग पहिले नै व्यावहारिक स्थलगत अनुभव थियो । एनआरटी तालिमले मलाई अझ व्यवस्थित तरिका अपनाएर उक्त अनुभवलाई थप सुदृढ र व्यवस्थित बनाउन सहयोग पु¥यायो ।”

उहाँका लागि सबैभन्दा महत्वपूर्ण सिकाइहरूमध्ये क्षति तथा आपत्कालीन आवश्यकताको लेखाजोखा कसरी गर्ने र राहत वितरणको योजना अझ प्रभावकारी रूपमा कसरी बनाउने भन्ने सिकाइ थियो । “विपद्का समयमा मानिसहरूका विभिन्न आवश्यकताहरू हुन्छन् र ती सबैलाई तत्काल पूरा गर्न प्रायः सम्भव हुँदैन,” उहाँ भन्नुहुन्छ, “यस तालिमले मलाई प्रभावित परिवारहरूका सबैभन्दा अत्यावश्यक आवश्यकताहरू पहिचान गर्न तथा अझ लक्षित र प्रभावकारी ढङ्गले सहयोगको योजना बनाउन सहयोग ग¥यो ।”

ती ज्ञान र सीपहरूको परीक्षण लगभग तुरुन्तै भयो । रसुवा, नुवाकोट र धादिङसहित आसपासका जिल्लाहरूमा आएको भीषण बाढीपछि, प्रभावित समुदायहरूसम्म पुग्न उद्धार तथा राहतकर्मीहरूले ठूलो चुनौतीको सामना गर्नुप¥यो । बाढीले आवतजावतका मुख्य मार्गहरूमा आवतजावत गर्न अवरोध एवं क्षति भएका कारण ती जिल्लाहरूमा यातायात सम्पर्क विच्छेद भएको थियो । राहत सामग्रीको ओसारपसारमा अवरोध सिर्जना भएको थियो । विद्युत् र सञ्चार सेवाहरू पनि नराम्ररी प्रभावित भएका थिए । जसका कारण धेरै परिवारहरू आफ्ना प्रियजनहरूसँग सम्पर्क गर्न वा सूचनाप्राप्त गर्न असमर्थ भए । साथै, त्यही समयमा, विपद्का कारण बेपत्ता भएका आफ्ना आफन्तहरू एवं प्रियजनका खोजीमा मानिसहरू व्याकुल भएर भौतारिरहेका थिए । प्रतिकार्यका क्रममा प्रकाशले द्रूत लेखाजोखाहरूमा सहयोग गर्नुभयो । बाढी प्रभावितको खोज, उद्धार तथा राहत वितरण व्यवस्थापनमा समन्वय गर्नुभयो । स्वयंसेवक परिचालनमा सहयोग एवं समन्वय पु¥याउनुभयो र नगद सहयोग प्रदान गर्न सकिन्छ कि भनेर यकिन गर्न बजारको द्रुत मूल्याङ्कन समेत गर्नुभयो । “यसअघि पनि मैले विभिन्न विपद्को प्रतिकार्यमा सम्लग्न थिएँ । सामना गरेको थिएँ, तर भोटेकोशी बाढीको अवस्था भने अत्यन्तै फरक थियो ।” प्रकाश भन्नुहुन्छ “त्यहाँको विनाश र सर्वस्व गुमाएका धेरै बालबालिकालाई देख्दा म निशब्द भएँ ।” ती कठिन परिस्थितिहरूमा, एनआरटी तालिमबाट प्राप्त मूल्याङ्कनसम्बन्धी सीपहरूले अति आवश्यक दिशा प्रदान गर्न सहयोग गरे । उहाँ भन्नुहुन्छ “विपद्ले पु¥याएको ठूलो क्षति देखेर आत्तिनुको सट्टा, आवश्यकताको मूल्याङ्कन गर्ने विधिले मानिसहरूलाई तत्काल के–कस्ता सहयोग चाहिएको छ भन्ने बुझ्न र सबैभन्दा जोखिममा रहेका परिवारलाई पहिले प्राथमिकता दिन मलाई सहज बनायो । चितवन जिल्लामा नदीको तल्लो तटीय क्षेत्रमा, नवीन प्रतिकार्यको अर्को एक महत्वपूर्ण पक्षमा सहयोग गरिरहेका थिए ।”

उहाँले केन्द्रीय कार्यालय, स्थानीय निकाय, सुरक्षा निकाय, जिल्ला शाखाहरू र स्वयंसेवकहरूसँग नजिक रहेर काम गर्नुभयो । उहाँ भन्नुहुन्छ “समन्वयात्मक निर्णय प्रक्रियामा सहयोग पु¥याएँ । सही सूचना सङ्कलन, विश्लेषण र आदान–प्रदान सुनिश्चित गर्न मद्दत गरँे।” प्रकाशलाई तालिम अत्यन्तै उपयोगी साबित भयो । “किनभने परिस्थिति तीव्र गतिमा परिवर्तन भइरहेको थियो र प्रभावकारी समन्वय सही जानकारी तथा स्पष्ट सञ्चारमा निर्भर थियो” उहाँ भन्नुहुन्छ, “तैपनि, आपतकालीन प्रतिकार्यका प्राविधिक पक्षहरूका बीचमा पनि, त्यस सङ्कटसँग जोडिएका व्यक्तिगत कथाहरूलाई बेवास्ता गर्न असम्भव थियो ।” नवीनका सबैभन्दा चुनौतीपूर्ण जिम्मेवारीहरूमध्ये एउटा नदी किनारमा फेला परेका मानव अवशेषहरूको व्यवस्थापन गर्ने कार्य थियो । “बाढीले माथिल्लो भागका जिल्लाहरूबाट शवहरू बगाएर ल्याएको थियो र धेरैजसो शवहरू केही दिनपछि फेला परेका थिए,” उहाँ भन्नुहुन्छ । “केही गम्भीर रूपमा कुहिएका थिए, जसले गर्दा पहिचान गर्न अत्यन्तै चुनौतीपूर्ण बनेको थियो । एउटा सम्झना विशेष रूपमा जीवन्त छ । जब मैले शव राखिने केन्द्रको भ्रमण गरेको थिएँ, मलाई सधैँ याद रहने एउटा क्षण सम्झनामा रहन गयो ।”

बाढीपछि फेला परेका सामानहरूमध्ये एउटा बच्चाको विद्यालयको टाई पनि थियो । उहाँ भन्नुहुन्छ, “त्यो टाई एउटा महत्त्वपूर्ण सूचना बन्यो, जसले बच्चाको पहिचान गर्न र शोकाकुल परिवारलाई जवाफ दिन मद्दत ग¥यो । विद्यालयको एउटा सामान्य टाई कसरी परिवार र उनीहरूका प्रियजनबीचको एकमात्र सम्पर्क सूत्र बन्यो भन्ने कुरा निकै मर्माहत बनाउने खालको थियो ।” प्रकाशलाई उद्धार तथा राहत कार्यका क्रममा भेटेका मानिसहरू पनि याद छन् । “धेरै परिवारले आफ्ना कम उमेरका सदस्यहरू गुमाएका थिए”, उहाँ भन्नुहुन्छ, “उनीहरू सबैमाझ एउटा साझा कुरा के थियो भने, उनीहरू आफ्ना प्रियजनहरूको सम्झनामा थिए । भौतिक सम्पत्ति महत्त्वपूर्ण थिएन ।” यस चुनौतीपूर्ण समयमा, धेरै मानिसहरूले आफ्नै व्यक्तिगत क्षति बेहोर्नुपरेको भए तापनि प्रभावित समुदायहरूलाई सहयोग गर्न अग्रसरता देखाए । दुवै उद्धारकर्ताका लागि, यी अनुभवहरूले मानवीय कार्यसम्बन्धी एउटा साझा पाठलाई अझ बलियो बनाए । स्वयंसेवक तथा समुदायका सदस्यहरूसँग मिलेर काम गर्ने क्रममा उहाँहरूले असीम पीडाका साथै उल्लेखनीय सहनशीलता र ऐक्यबद्धता पनि देखे । स्वयंसेवक नवीन भन्नुहुन्छ, “हरेक तथ्याङ्कको पछाडि एक व्यक्ति, एउटा परिवार र सधैँका लागि बदलिएको जीवन हुन्छ ।”

नेपालभरि जलवायु तथा विपद्जन्य जोखिमहरू बढ्दै जाँदा, हालैका बाढी प्रतिकार्यका अनुभवबाट सिकिएका पाठहरू पहिलेभन्दा अझ बढी सान्दर्भिक भएका छन् । नवीन र प्रकाशजस्ता विपद् प्रतिकार्यमा खटिनेहरूका लागि, पूर्वतयारी भनेको विपद् आइपर्दा काम गर्न तयार रहनु मात्र होइन; यसको अर्थ अत्यन्त कठिन क्षणको सामना गरिरहेका मानिसहरूले आफूलाई सबैभन्दा बढी आवश्यकता पर्दा समयमै सहयोग, सम्मान र आशा प्राप्त गर्ने सुनिश्चित गर्नु पनि हो ।

पूर्वतयारीले सायदै कहिल्यै मुख्य समाचारमा स्थान पाउँछ, तर यसको प्रभाव मानिसहरूसम्म छिटो पुग्ने हरेक प्रतिकार्यमा, सबैभन्दा बढी आवश्यकता परेको बेला सहयोग पाउने हरेक परिवारमा र आगामी सङ्कटको सामना गर्न अझ राम्ररी तयार भएको हरेक समुदायमा महसुस गरिन्छ ।रासस

(लेखक पौडेल रेडक्रस तथा रेडक्रिसियन सोसाइटीको महासंघ (आइएफआरसी ) नेशनल सोसाइटीको प्रिपियरनेस संयोजक हुनुहुन्छ ।