२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि

बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार

बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार
अ अ+ अ-

काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकप्टरसहित ३८६ जना सुरक्षाकर्मी परिचालन गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

आइतबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढीका कारण गोरखाका विभिन्न स्थानमा पुल, घर तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेको जानकारी दिनुभयो ।

उहाँका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका–३ न्याक्चेतबाट सिर्दीवास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ । सोही क्षेत्रमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको छ । त्यस्तै, धार्चे गाउँपालिका–५ माछीखोलाबाट करौँजा जोड्ने झोलुङ्गे पुलसमेत बगाएको छ ।
बाढीले धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका सातदेखि आठवटा घर बगाएको सूचना प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

यसैगरी, आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एउटा भाग बगाएको छ । आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुलसमेत बाढीले बगाएको छ ।

बाढीका कारण माछीखोलाको तल्लो बस्तीका २० भन्दा बढी घर जोखिममा परेका छन् । बूढीगण्डकी ३४१ मेगावाट जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र र निर्माण उपकरणमा समेत क्षति पुगेको छ । त्यस्तै, दोभान खोला २४.५ मेगावाट आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुग्नुका साथै बेलीब्रिज बगाएको प्राधिकरणले जनाएको छ ।

कार्यकारी प्रमुख उप्रेतीका अनुसार बाढीको वास्तविक कारण पत्ता लगाउन तथा क्षतिग्रस्त संरचनाको अवस्था अध्ययन गर्न प्राधिकरण र सडक विभागको प्राविधिक टोली ड्रोनसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । आरुघाटस्थित क्षतिग्रस्त पक्की पुलको स्थानमा तत्काल बेलीब्रिज राख्न सकिने वा नसकिने विषयमा पनि सम्भाव्यता अध्ययन भइरहेको उहाँले बताउनुभयो ।

खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाका १२७ जना, नेपाल प्रहरीका ८३ जना र सशस्त्र प्रहरी बल नेपालका १७७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ ।
— न्युज एजेन्सी नेपाल