२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद

बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
अ अ+ अ-

काठमाडौँ। उत्तरी गोरखाको हिमाली भेगमा हिउँपहिरो खसेपछि बुढीगण्डकी नदीमा आएको आकस्मिक तथा भीषण बाढीले आरुघाटस्थित पुल बगाएको छ ।

बाढीले जलसतहको खतरा तह निकै माथि पार गरेपछि धादिङ र गोरखा जोड्ने मुख्य सडक सम्पर्क विच्छेद भएको हो ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखा, धादिङ, तनहुँ हुँदै चितवनसम्मका तटीय क्षेत्रमा उच्च शतर्कता अपनाउन निर्देशन दिएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिकास्थित लोक्पा र चुमलिङ क्षेत्रमा हिउँपहिरो खसेर नदी थुनिँदै र फुट्दै आएपछि बुढीगण्डकीमा लेदोसहितको भयानक बाढी आएको हो ।

आईतवार सिंहदरबारस्थित कार्यालयमा जानकारी दिँदै प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढीका कारण आरुघाट बजार क्षेत्र जलमग्न भएको र धादिङ जोड्ने पुल बगेको पुष्टि गर्नुभयो ।

उहाँकाअनुसार बाढीले शाहस ऊर्जा कम्पनीको तल्लो संरचनामा क्षति पुर्याएको छ भने त्यहाँ कार्यरत १८ जना प्राविधिक तथा कर्मचारी सुरक्षित स्थानतर्फ सरेका छन् ।

बाढीको प्रभाव क्षेत्रमा सेनाको हेलिकप्टरमार्फत हवाई निरीक्षण (रेकी) भइरहेको छ भने उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको प्रमुख उप्रेतीले बताउनु भयो ।

डा. उप्रेतीले मौसम प्रतिकुल भएकाले तत्काल हेलिकप्टर अवतरण गर्न नसकिए पनि उच्च जोखिममा परेका नागरिकहरूलाई सुरक्षित स्थलमा सार्ने काम भइरहेको बताउनु भयो ।

उत्तरी क्षेत्रका सल्लेरी र जगत बजारमा केही घर तथा सवारीसाधन बगाएको प्रारम्भिक सूचना प्राप्त भएको र त्यसको विस्तृत विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ ।

समयमै पूर्वसूचना जारी गरिएकाले तल्लो तटीय क्षेत्रका बस्तीहरू तत्काल खाली गराउन सकिएको र अहिलेसम्म कुनै मानवीय क्षति नभएको प्राधिकरणको दाबी छ । प्राधिकरणले बेनिघाट, मलेखु तथा त्रिशूली नदी तटीय क्षेत्र हुँदै चितवनसम्मका बजार र बस्तीहरूलाई उच्च जोखिममा राख्दै स्थानीयलाई डाँडापाखातर्फ जान आग्रह गरेको छ ।

प्रमुख उप्रेतीले भन्नुभयो, ‘बुढीगण्डकी नदीको उत्तरी क्षेत्रमा हिमपहिरो र गेग्रानका कारण नदी थुनिँदै खुल्दै गर्दा ठूलो आकस्मिक बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बाढीले आरुघाटस्थित धादिङ जोड्ने पुल बगाएको छ भने आरुघाटमा जलस्तर खतरा तहभन्दा निकै माथि पुगेको छ । गोरखा, धादिङ, तनहुँ, बेनिघाट, मलेखु, मुग्लिन र चितवनसम्म बाढीको प्रभाव पर्नसक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । आरुघाटस्थित शाहस ऊर्जाको क्षेत्रमा रहेका १८ जना कर्मचारी सुरक्षित स्थानमा रहेको र उनीहरूको उद्धारको प्रयास भइरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी जोखिमयुक्त बस्ती खाली गराउने तथा उद्धार कार्य अघि बढाइएको छ । सल्लेरी र चुमनुब्री क्षेत्रमा घर तथा सवारीसाधन बगाएको खबर आए पनि क्षतिको पुष्टि हुन बाँकी छ । हालसम्म मानवीय क्षतिको आधिकारिक विवरण प्राप्त भएको छैन । सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारमा नजान, बाढी हेर्न वा फोटो–भिडियो खिच्न नबस्न र बाढीले बगाएर ल्याएका दाउरा तथा सामान टिप्न नजान सर्वसाधारणलाई आग्रह गरिएको छ । अहिले मुख्य प्राथमिकता नागरिकको जीवन रक्षा, सुरक्षित स्थानमा स्थानान्तरण र आपत्कालीन उद्धार रहेको छ ।’

विपद् व्यवस्थापन प्राधिकरणले अहिलेको पहिलो प्राथमिकता जीवन रक्षा (लाइफ सेभिङ) रहेको स्पष्ट पारेको छ । जोखिमयुक्त नदी किनारमा गएर भिडियो तथा तस्बिर खिच्ने, बाढी हेर्न भीडभाड गर्ने वा नदीले बगाएर ल्याएका दाउरा र सामान संकलन गर्ने जस्ता जोखिमपूर्ण गतिविधि नगर्न आम नागरिकलाई कडा चेतावनीसहित अपिल गरिएको छ । –न्युज एजेन्सी नेपाल