२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता News Polar ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुँदै विद्या भण्डारी News Polar २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ? News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी News Polar बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा
अ अ+ अ-

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेघन बोल्डिनबीच भेटवार्ता भएको छ।

भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, रसुवालगायत बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सामाजिक विकासका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको हो।

भेटमा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको आकस्मिक बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभयो। उहाँले बाढी प्रभावित समुदायको अवस्था र पुनर्स्थापनाका प्रयासबारे चासो राख्दै नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।

मन्त्री बादीले नेपाल र अमेरिकाबीच सन् १९४७ देखि कायम कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, विश्वास, विकास सहकार्य र जनस्तरीय सम्बन्धमा आधारित रहेको बताउँदै आगामी दिनमा सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले गत अगस्ट २६ मा नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको बाढीबाट महिला, किशोरी तथा बालबालिकाको सुरक्षा, संरक्षण र शिक्षामा थप चुनौती सिर्जना भएको जानकारी गराउँदै प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणमा अमेरिकी सहयोग र सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।

मन्त्री बादीले बाढी प्रभावित समुदायको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सरकारले उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरिरहेको जानकारी दिनुभयो। मन्त्रालयले जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको संरक्षण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको उहाँको भनाइ थियो।

भेटवार्तामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका विषयमा पनि छलफल भएको थियो। मन्त्री बादीले अमेरिकी विदेश मन्त्रालयको मानव बेचबिखनसम्बन्धी प्रतिवेदनमा उठाइएका विषय तथा सुझावलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो।

उहाँले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८२ तथा राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा रहेको जानकारी दिँदै पीडितको संरक्षण, अनुसन्धान तथा अभियोजन, पुनर्स्थापना र सहायता संयन्त्रलाई थप प्रभावकारी बनाउने काम भइरहेको बताउनुभयो।

कार्यवाहक राजदूत बोल्डिनले मानव बेचबिखन नियन्त्रण तथा पीडितको संरक्षणका क्षेत्रमा नेपालसँग मिलेर काम गर्ने अमेरिकी प्रतिबद्धता व्यक्त गर्नुभयो। भेटमा आगामी मानव बेचबिखनसम्बन्धी प्रतिवेदनमा नेपालले गरेका सुधार तथा हासिल गरेको प्रगति वस्तुनिष्ठ र सन्तुलित रूपमा प्रतिबिम्बित हुने अपेक्षासमेत व्यक्त गरिएको थियो।

मन्त्री बादीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी ऐन, २०६४ संशोधनको प्रक्रिया अघि बढाइएको र सुरक्षित, व्यवस्थित तथा नियमित श्रम आप्रवासन प्रवर्द्धन गर्न राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ अपनाइएको जानकारी दिनुभयो।

भेटमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा अन्य सीमान्तकृत समुदायको संरक्षण, समावेशिता र सशक्तीकरणका क्षेत्रमा नेपाल–अमेरिका सहकार्यलाई थप परिणाममुखी बनाउने विषयमा पनि जोड दिइएको थियो।