काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन समितिले निर्वाचन व्यवस्थापनका विषयमा पदाधिकारीका उम्मेदवारहरूसँग छलफल गरिरहेको छ ।
नयाँ केन्द्रीय नेतृत्व चयनका लागि हुने निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र सहज रूपमा सम्पन्न गर्ने विषयमा निर्वाचन समितिले पदाधिकारीका उम्मेदवारहरूसँग छलफल गरेको हो ।
छलफलका क्रममा मतदान प्रक्रिया, निर्वाचन व्यवस्थापन, उम्मेदवार तथा प्रतिनिधिले पालना गर्नुपर्ने निर्वाचनसम्बन्धी व्यवस्था लगायतका विषयमा जानकारी गराइएको छ । निर्वाचन समितिले महाधिवेशनमा सहभागी प्रतिनिधिलाई सहज रूपमा मतदान गर्ने वातावरण निर्माण गर्ने गरी आवश्यक व्यवस्थापन गरिरहेको जनाएको छ ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेको छ ।