२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन News Polar नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल News Polar तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे निर्णय News Polar थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन News Polar खगेन्द्र सुनारले भने– ‘ममाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गरियोस्’ News Polar निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली News Polar प्रहरीको पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान News Polar मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा भएको अवसरमा रवि लामिछानेद्वारा बधाई

निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली

निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियाबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर निष्पक्ष अध्ययन गरिने बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सार्वजनिक लेखा समितिमा परेको उजुरीका आधारमा उपसमितिले तथ्य र कागजात अध्ययन गर्ने बताउनुभएको हो ।

उहाँले बेनामी उजुरीसमेत पर्न सक्ने भएकाले त्यसको अध्ययन गर्नु समितिको जिम्मेवारी भएको स्पष्ट पार्नुभयो । उपसमितिको काम छानबिन वा कारबाही गर्ने नभई तथ्य र कागजातका आधारमा अध्ययन गरी प्रतिवेदन तथा आवश्यक सिफारिस पेश गर्नु रहेको उहाँको भनाइ थियो ।

प्रमुख सचेतक ओलीले निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन तथा प्रचलित कानूनअनुसार भए–नभएको अध्ययन गरिने बताउनुभयो । उजुरी पर्दैमा कसैलाई दोषी ठहर गर्न नमिल्ने उल्लेख गर्दै उहाँले प्रत्येक उजुरीलाई तथ्य, प्रमाण र कानूनी प्रक्रियाका आधारमा हेर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले समितिमा फरक–फरक धारणा आउन सक्ने भए पनि सबैका विचारलाई सम्मानपूर्वक राखेर निर्णय प्रक्रियाबाट निष्कर्षमा पुगिने बताउनुभयो ।

‘उपसमितिको काम छानबिन वा कारबाही गर्ने होइन, तथ्य र कागजातका आधारमा अध्ययन गरी प्रतिवेदन र आवश्यक सिफारिस पेश गर्ने हो,’ उहाँले भन्नुभयो, ‘व्यक्तिगत धारणा वा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर निष्पक्ष रूपमा अध्ययन गर्नेछौँ ।’

ओलीले कागजात तथा तथ्यको अध्ययनपछि जे देखिन्छ, त्यसैका आधारमा प्रतिवेदन र सिफारिस तयार गरिने बताउनुभयो । उहाँले उपसमितिको जिम्मेवारी विधिको शासन, कानूनको पालना र निष्पक्ष अध्ययनमा केन्द्रित रहेको स्पष्ट पार्नुभयो ।