काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा २५ वर्ष पूरा गरेको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।
सभापति लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई शुभकामना दिँदै उहाँको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगतिबाट आफू प्रेरित भएको उल्लेख गर्नुभएको हो।
लामिछानेले मोदीको दूरदर्शी नेतृत्वमा भारतले अघि बढाएको रूपान्तरणकारी यात्रा र तीव्र प्रगति प्रेरणादायी रहेको बताउनुभएको छ।
उहाँले नेपाल र भारतबीच साझा इतिहास, गहिरो सांस्कृतिक सम्बन्ध तथा जनता–जनताबीचको निकट सम्बन्धमा आधारित दीर्घकालीन सम्बन्ध रहेको उल्लेख गर्नुभएको छ।
रास्वपा र आफ्नो तर्फबाट नेपाल–भारत सम्बन्धलाई थप सुदृढ, समृद्ध र दुवै देशका लागि लाभदायक बनाउन सहकार्य गर्ने अपेक्षा पनि लामिछानेले व्यक्त गर्नुभएको छ।








