२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar रसायनशास्त्र तर्फको नोबेल पुरस्कार हेनरी कागान र केन्सो सोईलाई News Polar देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण

न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति

न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति
अ अ+ अ-

काठमाडौँ । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिका लागि गरिएको सिफारिसप्रति गम्भीर आपत्ति जनाएको छ।

बारले न्याय परिषद्ले संविधानको मर्मअनुसार समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै वरिष्ठता, अनुभव, विषयवस्तुको ज्ञान, कार्यकुशलता, इमान्दारिता, निष्पक्षता, पेशागत तथा नैतिक आचरण, सार्वजनिक जीवनमा आर्जन गरेको ख्याति तथा न्याय र कानूनको क्षेत्रमा गरेको योगदानलाई आधार बनाएर न्यायाधीश नियुक्तिको सिफारिस गर्नुपर्ने जनाएको छ।

नेपाल बार एशोसिएशनले संविधानको धारा १२९ को उपधारा (५) बमोजिम कानून व्यवसायीको क्लस्टरलाई बेवास्ता गरिएको तथा संविधानको धारा ४२ को उपधारा (१) बमोजिम नियुक्तिमा समावेशी सिद्धान्तलाई आत्मसात् नगरिएको भन्दै असन्तुष्टि जनाएको हो।

बारले असोज २० गते गरिएको सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिको सिफारिसमा वस्तुनिष्ठ आधार र पारदर्शिताको अभाव देखिएको दाबी गरेको छ।

न्यायाधीश नियुक्तिमा कानून व्यवसायीहरूको सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्न नेपाल बार एशोसिएशन, राष्ट्रिय सम्मेलन तथा केन्द्रीय र सल्लाहकार समितिका बैठकहरूले पटक–पटक न्याय परिषद्समक्ष माग गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षताको रक्षा तथा जनआस्था अभिवृद्धिका लागि न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरण आवश्यक रहेको बारको भनाइ छ।

यसका लागि सम्पूर्ण कानून व्यवसायी, नागरिक समाज तथा सञ्चार जगत एकजुट भएर अघि बढ्नुपर्ने अवस्था पुनः सिर्जना भएको नेपाल बार एशोसिएशनले जनाएको छ।