२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने
अ अ+ अ-

काठमाडौँ। राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले सम्भावित विश्व सम्पदा सूचीमा सूचिकृत तिलौराकोट, जनकपुरधाम र पनौतीलाई सूचीकरण गराउन देखिएका समस्या, चुनौती र गर्नुपर्ने कामका बारेमा अध्ययन गर्ने भएको छ ।

तीन सम्भावित विश्व सम्पदास्थललाई सूचीकरण गराउन देखिएका समस्याको अध्ययन गर्नेसहितको वार्षिक कार्ययोजना २०८३÷८४ समितिको आजको बैठकले पारित गरेको हो । कार्ययोजनामा ऐतिहासिक संरचना (गढी) समेत १०० वर्ष पुराना सम्पदाको खोज, अवलोकन र निरीक्षण गर्ने कार्यक्रम  समितिले अघि सारेको छ ।

ऐतिहासिक पुरातात्विक सम्पदाको संरक्षणका लागि सङ्घ, प्रदेश र स्थानीय तहले पूरा गर्नुपर्ने दायित्व तथा भूमिकाका विषयमा पनि अध्ययन गर्न लागिएको कार्ययोजनामा उल्लेख छ । बैठकमा राष्ट्रियसभाका सदस्यहरु चन्द्रबहादुर केसी, मीनासिंह रखाल, रुक्मिणि कोइराला, युवराज शर्मा, जगत पार्की, सोमनाथ पोर्तेल, मदनकुमारी शाह (गरिमा), पदमबहादुर परियारलगायतले सम्पदा क्षेत्रको अध्ययन अनुसन्धान गरी तिनको महत्व उजागर गर्ने, ऐतिहासिक दस्तावेज एवं अभिलेखको संरक्षण गरिनुपर्ने विषयलाई प्राथमिकताका आधारमा छलफल गराएर निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिनुभएको थियो ।रासस