काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उपसभापति पदमा उम्मेदवारी दिएका छन् ।
पाण्डेले मंगलबार पार्टीको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीसमेत हुन् । उनले पार्टीको संगठनलाई थप सुदृढ बनाउने तथा प्रदेशदेखि केन्द्रसम्म पार्टीलाई प्रभावकारी ढंगले अघि बढाउने लक्ष्यसहित उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी दर्ता भइरहेको छ । निर्वाचन समितिका अनुसार विभिन्न पदमा उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गराइरहेका छन्।








