काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँएसँगै काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई प्रतियोगिताका लागि तयारी अवस्थामा ल्याइएको छ।
एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
एनपीएललाई लक्षित गर्दै मैदानको आउटफिल्ड सुधार, पिच मर्मत, नयाँ स्कोरबोर्ड तथा आधुनिक प्यारापिट निर्माणलगायतका काम भइरहेका छन्। यस संस्करणमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गर्ने तयारीसमेत गरिएको छ।
तस्बिरः घनश्याम श्रेष्ठ/रासस











