१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल News Polar कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने News Polar विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह News Polar गगनलाई ‘नयाँ दल’ भनेर नहेपेको भए हुन्थ्यो : गोकुल बाँस्कोटा News Polar सुनसरीमा २५ सय ६६ किलो गाँजासहित ट्रक नियन्त्रणमा News Polar कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय News Polar एलपीजी ग्यासबाट हुने आगलागी रोक्न ललितपुरमा नमूना अभ्यास News Polar गगनको राजनीतिक प्रतिवेदन कांग्रेस केन्द्रीय समितिबाट सर्वसम्मत अनुमोदन News Polar लगानीको वातावरण सुधार्न कानुनी र प्रक्रियागत सुधार आवश्यक : मन्त्री गौतम News Polar सुधारिएका कानूनहरु प्रभावकारी रुपमा लागू भएमात्रै लगानी बढ्छः ढकाल News Polar आफन्तको संरक्षणमा फर्किए रसुवा बाढीमा आमाबुवा गुमाएका २३ बालबालिका News Polar प्रधान सेनापति अशोक राज सिग्देल बेलायत प्रस्थान News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा News Polar फिर्के खोला अतिक्रमण हटाउने अभियान तीव्र, २६ पक्की संरचनामा चल्यो डोजर News Polar किताब बगाएपछि पर्वतका बालबालिकालाई पढाइको पीर News Polar प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक News Polar भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी News Polar कांग्रेस महाधिवेशन : बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा
अ अ+ अ-
काठमाडाैँ । दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ ।
बडादसैँलाई लक्षित गरी डोल्पाको जगदुल्ला गाउँपालिकाबाट भेडाच्याङ्ग्रा पोखरा ल्याइएको व्यापारी बुद्धिराम बोहराले बताउनुभयो । भेडाच्याङ्ग्रा लिएर हिँडेको २३ दिनपछि शनिबार पोखरा आइपुगेको उहाँले जानकारी दिनुभयो । यहाँ ल्याइएको भेडाच्याङ्ग्रा पोखरा महानगरपालिका–१ स्थित जौबारी, याम्दी क्षेत्रमा आइतबार बिहानदेखि नै बिक्रीका लागि राखिएको उहाँले बताउनुभयो ।
तीन जना व्यवसायी मिलेर २००  भेडाच्याङ्ग्रा पोखरा ल्याएको व्यापारी बोहराले जानकारी दिनुभयो । “यो पटक हामी तीन जना साथीहरु मिलेर डोल्पाको जगदुल्ला गाउँपालिकाको विभिन्न ठाउँबाट खरिद गरेर ल्याएका छौँ,” उहाँले भन्नुभयो, “हामीले भेडाच्याङ्ग्राको मूल्य रु २१ हजार देखि ४३ हजारसम्म तोकेका छौँ ।” ल्याउँदै गर्दा बाटोमा नै २० वटा भेडाच्याङ्ग्रा बिक्री भइसकेको उहाँले जानकारी दिनुभयो ।
छिटो ल्याए छिट्टै बिक्री हुने भएकाले दसैँको घटस्थापनाअघि नै भेडाच्याङ्ग्रा बिक्रीका लागि पोखरा ल्याइएको अर्का व्यापारी मीनप्रसाद बोहराले बताउनुभयो । “गत वर्ष हामीले ढिला ल्याउँदा बेच्ने ठाउँ पनि पाइएन । अनि ढिला बिक्री भयो । दसैँ मनाउनै पाइएन्,” उहाँले भन्नुभयो, “अघिल्लो वर्षका अनुभवले यो पटक छिट्टै ल्याए छिटो बिक्री गरेर दसैँ मनाउन छिटो घर जाने योजना हो ।”
हरेक वर्ष दसैँको समयमा हिमाली भेगका भेडाच्याङ्ग्रा बिक्रीका लागि पोखरा ल्याउने चलन छ । लेकाली क्षेत्रमा चरिचरन गरेका भेडाच्याङ्ग्राको दसैँमा पोखरा आसपासमा विशेष माग हुने गरेको छ । लेकको जडीबुटी तथा वनस्पति खाएर हुर्किएका भेडाच्याङ्ग्राको मासु स्वादिलो र स्वास्थ्यका लागि लाभदायक हुने जनविश्वास रहेको पोखरा–४ गैह्रपाटनका स्थानीय नरबहादुर क्षेत्रीले बताउनुभयो । यही जनविश्वास र दसैँमा भेडाच्याङ्ग्राको मासु खाने परम्पराका कारण वर्षमा एकपटक सहरी उपभोक्ताहरु भेडाच्याङ्ग्राको मासुका लागि आकर्षित हुने गरेको स्थानीय क्षेत्रीले बताउनुभयो ।
यस वर्ष घटस्थापना अघि नै डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइसकेको अवस्थामा मुस्ताङ, मुगु, बझाङलगायत जिल्लाबाट आउन बाँकी छ ।