१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित

राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त

राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त
अ अ+ अ-
काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारले राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमालाई निरन्तर उपेक्षा गरेको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय सभाको चालु अधिवेशनको समापन बैठकलाई शुक्रबार सम्बोधन गर्दै पन्तले झन्डै दुई तिहाइको दम्भमा सरकारले संसद्प्रतिको जवाफदेहिता गुमाएको दाबी गर्नुभयो । उहाँले विपद् व्यवस्थापनदेखि जनसरोकारका विषयसम्म सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको बताउनुभयो ।

अधिवेशनको समीक्षा गर्दै पन्तले प्रतिनिधि सभा नियमावली संशोधनमार्फत राष्ट्रिय सभाको अधिकार र अस्तित्व खुम्च्याउने असंवैधानिक प्रयास भएको जिकिर गर्नुभयो । उक्त कदमविरुद्ध अदालत जानुपरेको र सर्वोच्च अदालतबाट न्याय प्राप्त भएको स्मरण गर्दै उहाँले चालु अधिवेशन संविधानको रक्षा भएको अवधिका रूपमा रहेको बताउनुभयो ।

बहालवाला मन्त्रीहरूले समेत सार्वजनिक मञ्चबाट राष्ट्रिय सभाको गरिमामाथि आँच आउने गरी अमर्यादित अभिव्यक्ति दिने गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

पन्तले भोटेकोशी बाढी तथा अन्य विपद्को पूर्वतयारीमा सरकार पूर्ण रूपमा चुकेको आरोप पनि लगाउनुभयो । संसद्ले पटक–पटक पूर्वसचेत गराउँदा पनि सरकारले त्यसलाई गम्भीरतापूर्वक नलिँदा ठूलो मानवीय क्षति भएको उहाँको दाबी थियो ।

उहाँले भन्नुभयो, ‘विपद्को तयारी, पूर्वउद्धार र राहतमा जुट्न छाडेर सरकार राजनीतिक प्रतिशोध र फजुल काममा अल्झियो । संसद्को आग्रहलाई गम्भीरतापूर्वक नलिँदा बचाउन सकिने हजारौँ नागरिकले ज्यान गुमाउनुपरेको छ ।’

राष्ट्रिय सभाले नीति तथा कार्यक्रम, बजेट र अध्यादेशहरू पारित गर्न निरन्तर रचनात्मक सहयोग गर्दै आए पनि सरकारले त्यसलाई सभाको कमजोरीका रूपमा बुझ्ने गरेको पन्तको टिप्पणी थियो ।