१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने

भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति

भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाले भोटेकोशी एवं कालीगण्डकी करिडोरमा भएका बाढी–पहिरो तथा अन्य विपद्बारे अध्ययन र अनुगमन गर्न नौ सदस्यीय विशेष समिति गठन गरेको छ ।

राष्ट्रिय सभाको बिहीवार बसेको बैठकले ‘भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समिति’ गठन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १६७ बमोजिम गठन गरिएको समितिले विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका साथै जलवायु परिवर्तनको प्रभावबारे अध्ययन गर्नेछ ।

समितिमा कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य रहनुभएको छ । समितिमा एक सदस्य पछि थपिने जनाइएको छ ।

हालै रसुवाको भोटेकोशी नदीसहित देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि विपद्बारे विस्तृत अध्ययन गर्न संसदीय विशेष समिति गठनको माग उठेको थियो ।

समितिले विपद् जोखिम न्यूनीकरणका लागि वैज्ञानिक पूर्वसूचना प्रणाली विकास, प्रभावित क्षेत्रको वैज्ञानिक पुनर्निर्माण तथा जोखिमरहित बस्ती विकासका लागि आवश्यक मार्गचित्र तयार गर्नेछ । साथै, जलवायु परिवर्तनमा नेपालको न्यून योगदान भए पनि त्यसबाट बढी प्रभावित हुनुपरेको विषयमा जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय कानुनी आधारबारे समेत अध्ययन गर्नेछ ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार समितिले आफ्नो कार्यादेश पूरा गर्न आवश्यक कार्ययोजना बनाएर प्रतिनिधि सभासँगको समन्वयमा काम गर्नेछ । समितिलाई आगामी पुस मसान्तसम्म प्रतिवेदन पेश गर्ने समयसीमा तोकिएको छ ।