काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेटवार्ता गरेका छन् ।
राजदूत अर्न्स्टले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा नेपाल र अष्ट्रेलियाबीचको आपसी सम्बन्ध तथा सहकार्यका विषयमा छलफल भएको बताइएको छ । भेटमा दुई देशबीच आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको जनाइएको छ ।