१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ

गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
अ अ+ अ-
काठमाडाैँ । मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रससङ्घका कार्यवाहक विशेष संयोजक डा रमिज अलक्बरोभले गाजा पट्टीमा खाद्यान्न आपूर्तिको प्रवेशमा केही प्रगति भए तापनि यहाँका बासिन्दाले जटिल मानवीय सङ्कटको सामना गरिरहेको चेतावनी दिनुभएको छ ।
पानी, सरसफाई, आश्रयस्थल र फोहर व्यवस्थापनसम्बन्धी निरन्तरका सवाललाई औँल्याउँदै, सयका साथै श्रम बजारमा सुधारको अभावका कारण सहायता र नगद स्थानान्तरणमा उच्च निर्भरता रहेको बताउनुभएको छ ।
युएन न्यूजसँगको अन्तर्वार्तामा, अलक्बारोभले संयुक्त राष्ट्रसङ्घले गाजामा पानी, सरसफाइ, स्वास्थ्य, भग्नावशेष हटाउने, शिक्षा र किसानको समर्थनका क्षेत्रमा आफ्नो काम जारी राखेको उल्लेख गर्नुभएको छ । करिब तीन लाखभन्दा बढी बालबालिकाले अस्थायी स्थानमा शिक्षा प्राप्त गरिरहेको जनाउँदै उहाँले कृषि गतिविधिका लागि सीमितमात्रामा  मात्र जमिन उपलब्ध रहेको जनाकारी दिनुभएको छ ।
उहाँले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजामा लगाइएको प्रतिबन्धको बाबजुद पनि काम गरिरहेको बताउँदै आठ हजारभन्दा बढी मानिसहरु अझै भग्नावशेषमुनि बेपत्ता रहेको जनाउनुभयो ।
अलक्बारोभले गाजाका बासिन्दाको आगामी जाडो पनि शिविरमा बिताउने नभई स्कुल र काममा फर्कने, आफ्नो समुदायको पुनर्निर्माणमा योगदान गर्ने र पानी, सरसफाई र बिजुली सेवामा पुनःपहुँच प्राप्त गर्ने इच्छा व्यक्त गर्नुभयो ।
वेस्ट ब्याङ्कमा, संयुक्त राष्ट्रका संयोजकले इजरायली बस्ती गतिविधि, हिंसा, आवागमन प्रतिबन्ध र आर्थिक दबाबलाई उदृत गर्दै परिस्थिति अत्यधिक नाजुक रहेको वर्णन गर्नुभयो ।
उहाँले संयुक्त राष्ट्रसङ्घले प्रभावित परिवार र समुदायलाई अनुदान, नगद सहायता र कानुनी सहयोग प्रदान गरिरहेको बताउनुभयो ।
राजनीतिक मार्गको सन्दर्भमा, उहाँले प्यालेस्टिनी सवाललाई व्यापक रूपमा सम्बोधन गरी विश्वासको पुनर्निर्माण गर्न, हिंसालाई उक्साउन रोक्न र प्यालेस्टिनी संस्थाको एकतालाई समर्थन गर्न जोड दिँदै दुई–राज्यबीच उत्पन्न समस्याको समाधानको कुनै विकल्प नभएको पुष्टि गर्नुभयो ।