१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

अझै निकाल्न नसकिएको राइनो क्रुज

अझै निकाल्न नसकिएको राइनो क्रुज
अ अ+ अ-

काठमाडाैँ । नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा बगाएको राइनो क्रुज अझै निकाल्न सकिएको छैन । बाढीले बगाउने क्रममा नारायणी पुलको गैँडाकोटतर्फको पिल्लरमा ठोकिएर अड्किएको क्रुजलाई

क्रेनमार्फत पल्टाइता पनि बाहिर भने अझै निकाल्न नसकिएको राइनो वाटर इन्टरटेन्टमेन्टका अध्यक्ष दीपक ढुङ्गेलले जानकारी दिनुभयो ।
केही समयअघि स्थानीय काभ्रेघाटमा तटबन्धन गरी सञ्चालन गरिएको उक्त क्रुज त्यहाँ सहज नभएपछि नवलपरासीको गैँडाकोट लगेर चलाइएको थियो ।  अध्यक्ष ढुङ्गेलका अनुसार, गत असारबाट गैँडाकोटस्थित होटल रिभर क्राउनले उक्त क्रुज खरिद गरी नजिक नदी किनारमा सञ्चालन गरिरहेको थियो । सञ्चालक ढुङ्गेलका अनुसार त्यसका लागि क्रुज ३० जना साझेदारले रु १५ करोड लगानी गरेका थिए ।
त्यसमध्ये क्रुजको मात्र लागत रु १० करोड रहेको छ । उहाँले भन्नुभयो, “बाढीले बगाएपछि अब यसै क्रुज सञ्चालन गर्नसक्ने अबस्था छैन । त्यसमा रु १० करोड बढी नोक्सान भएको छ ।”
उक्त क्रुज सञ्चालन राष्ट्रिय गौरवको आयोजना भएकाले पूर्ववत् अवस्थामा सञ्चालन गर्न सरकारी सहयोग आवश्यकपर्ने सञ्चालकको भनाइ छ । कम्पनीले १५० जना यात्रुलाई देवघाटदेखि गोलाघाटसम्म ४० किलोमिटर जलयात्रा गराउन पाउने गरी पर्यटन विभागबाट अनुमति लिएको थियो । करिब ९५ फिट लामो र २१ फिट चौडा रहेको साढे दुई तलाको क्रुजमा १५० जनाले एकैपटक सेवा लिन सकिने छ ।
क्रुजमा ब्रेकफास्ट, लन्च र डिनर प्याकेज र विवाह, व्रतबन्ध, पास्नी र जन्मोत्सवजस्ता शुभकार्यका लागि विशेष बुकिङको व्यवस्था थियो । खासगरी चितवनको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उदेश्यले परियोजनाका रुपमा क्रुज सञ्चालनमा ल्याइएको हो ।