१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो

मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट

मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट
अ अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा सुन्दरहरैँचामा विवाद बढेर कुटपिट तथा तोडफोड भएको छ।

सुन्दरहरैँचा नगरपालिका–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा बुधबार मनोनयन दर्ताका क्रममा विवाद उत्पन्न भएपछि अधिवेशनस्थलमा झडप भएको हो। घटनामा केही व्यक्ति घाइते भएका छन्।

प्रत्यक्षदर्शीका अनुसार उम्मेदवार चुमनारायण तवदारमाथि समेत कुटपिट भएको थियो। प्रतिनिधिको नामावलीमा एक महिलाको नाम छुटेको विषयबाट विवाद सुरु भएको बताइएको छ। माइन्युट लेख्ने क्रममा ती महिलाले आफ्नो नाम प्रतिनिधिको सूचीमा नपरेको भन्दै प्रश्न उठाएपछि विवाद बढेको थियो।

त्यसक्रममा बाहिरबाट आएका केही व्यक्तिले एक्कासि तोडफोड र आक्रमण सुरु गरेको कांग्रेस मोरङका नेताहरूले बताएका छन्। झडपपछि अधिवेशनस्थलमा भागदौड मच्चिएको थियो।

तोडफोडका क्रममा करिब ५० भन्दा बढी कुर्सीमा क्षति पुगेको बताइएको छ। घटनापछि केही समय अधिवेशनस्थलको वातावरण तनावपूर्ण बनेको थियो।