१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै

नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने

नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने
अ अ+ अ-

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संरचनागत सुधार तथा प्राविधिक सुदृढीकरणको प्रक्रिया अघि बढाउने भएको छ ।

अर्थ मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार अघिल्लो सरकारका पालामा रामेश्वर खनाल नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनमा लैजाने तयारी भइरहेको सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले जानकारी दिनुभयो ।

बुधबार संघीय संसद्को अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष भट्टले नेप्सेको विद्यमान संरचना तथा पछिल्ला दिनमा देखिएका साइबर सुरक्षा चुनौतीलाई बोर्डले गम्भीर रूपमा लिएको बताउनुभयो । उहाँले नेप्सेको कार्यक्षमता, सुशासन, सूचना प्रविधि प्रणाली र संस्थागत क्षमता सुधारलाई प्राथमिकतामा राखेर पुनर्संरचना प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

अध्यक्ष भट्टका अनुसार आगामी सातादेखि नेप्सेको सञ्चालक समितिसँग छलफल गरी बोर्डको क्षेत्राधिकारभित्र पर्ने सुधारका काम अघि बढाइनेछ । नेप्सेको स्वामित्व तथा समग्र संरचनागत परिवर्तन भने सरकारको क्षेत्राधिकारमा पर्ने उहाँले स्पष्ट पार्नुभयो ।

यसैगरी, सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को सुधारका लागि अर्थ मन्त्रालयबाट प्राप्त २१ बुँदे निर्देशन कार्यान्वयनको प्रक्रिया पनि सुरु भएको छ । सीडीएससीलाई भविष्यमा ‘सेन्ट्रल काउन्टर पार्टी’ का रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष भट्टले बताउनुभयो । यस्तो व्यवस्थाले शेयर खरिद–बिक्रीमा थप सुरक्षा तथा कारोबारको ग्यारेन्टी सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

पुँजी बजारको दायरा विस्तार गर्न बोर्डले इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ र डेरिभेटिभ्सजस्ता नयाँ वित्तीय उपकरण सञ्चालनका लागि आवश्यक पूर्वाधार विकासको तयारीसमेत गरिरहेको जनाएको छ ।

अध्यक्ष भट्टले नयाँ उपकरण र व्यवस्थाका लागि आवश्यक प्राविधिक तथा संस्थागत पूर्वाधार तयार पार्दै नेपाली पुँजी बजारको संरचना थप व्यवस्थित र सुरक्षित बनाउने दिशामा काम भइरहेको बताउनुभयो ।