१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’

विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग

विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग
अ अ+ अ-

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले पछिल्लो विपद्बाट भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै विपद् व्यवस्थापनको संरचनागत सुधार गर्न सरकारसँग माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खरेलले विपद्लाई ‘दैवी प्रकोप’ भनेर पन्छिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले विपद् प्राकृतिक वा मानव सिर्जित कारणबाट हुने भएकाले त्यसको व्यवस्थापनका लागि राज्यका संरचना थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद खरेलका अनुसार हालैको विपद्मा परी २७ जनाले ज्यान गुमाएका छन् भने चार जना अझै बेपत्ता छन् । विपद्का कारण अर्बौं रुपैयाँ बराबरको भौतिक क्षति भएको उल्लेख गर्दै उहाँले क्षति न्यूनीकरण र उद्धार तथा राहतका लागि दीर्घकालीन संरचनागत सुधार आवश्यक रहेको बताउनुभयो ।

‘विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ । हामीले पटक–पटक भन्दै आएका छौं कि यसलाई दैवी प्रकोपको बिल्ला भिराएर जिम्मेवारीबाट पन्छिन मिल्दैन,’ उहाँले भन्नुभयो ।

उहाँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ बनाउन यसअघि नै सदनमार्फत माग गरिएको स्मरण गराउँदै त्यसबारे सरकारले अझै जवाफ नदिएको गुनासो गर्नुभयो ।

सांसद खरेलले विपद् व्यवस्थापन प्राधिकरणको वर्तमान संरचना र कार्यशैलीप्रति समेत प्रश्न उठाउनुभयो । सहसचिवस्तरका कर्मचारी राखेर मात्रै विपद्का जटिल समस्या समाधान गर्न नसकिने भन्दै उहाँले प्राधिकरणलाई थप अधिकारसम्पन्न र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

विपद् व्यवस्थापनसम्बन्धी विषयमा संसद्को विशेष समिति तथा सुशासन तथा राज्य व्यवस्था समितिले समेत गम्भीरतापूर्वक ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।