१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर

राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित
अ अ+ अ-

काठमाडौँ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य मनिषा उपाध्याय रु ६० हजारको खेल सामग्रीसहित सम्मानित भएकी छन्।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत ‘लेट रमादेवी मेमोरियल क्रिकेट कप’ को तर्फबाट रु ६० हजार बराबरको क्रिकेट सामग्रीसहित उपाध्याय सम्मानित भएकी हुन् ।

नेपाली महिला क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा पुग्न सफल मनिषाको मिहिनेत, समर्पण र निरन्तरताको कदर गर्दै उक्त सम्मान गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका निर्देशक राज क्षेत्रीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार असोज २७ गते अर्घाखाँचीमा आयोजना हुने ‘लेट रमादेवी मेमोरियल क्रिकेट कप’ को अवसरमा मनिषालाई रु ६० हजार बराबरको क्रिकेट सामग्री हस्तान्तरण गरिएको हो ।

“यो सहयोग क्रिकेट सामग्रीका रूपमा मात्र नभइ उनको मिहिनेतप्रतिको सम्मान र आगामी दिनमा अझ राम्रो प्रदर्शनका लागि सानो प्रोत्साहन हो”, विज्ञप्तिमा भनिएको छ ।

सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै मनिषाले आज प्राप्त खेल सामग्रीले आगामी दिनमा धेरै सहयोग पुग्ने बताइन्। यस्ता प्रकारका सम्मानले क्रिकेटमा थप उत्कृष्ट प्रदर्शन गर्न हौसला पनि पुग्ने उनको भनाइ छ ।

अन्तरराष्ट्रिय क्रिकेट अम्पायर रवीन्द्र गुप्ताले मनिषालाई नेपाली महिला टिमकी उदाउँदो स्टारका रूपमा प्रशंसा गरेका छन् ।

“मनिषा अहिले नेपाली टोलीको महत्त्वपूर्ण सदस्य हुन् । उनीजस्ता प्रतिभावान् खेलाडीको हौसला बढाइराख्न यस्तो प्रकारको सम्मान प्रदान गर्न आवश्यक छ ।

आगामी दिनमा अन्य सङ्घ-संस्थाले पनि खेलाडीको हौसला बढाउने काम गरेको देख्न पाइयोस्”, अम्पायर गुप्ताले भनेका छन् । रासस