१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर

प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर
अ अ+ अ-
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकार बोझिलो र खर्चिलो भएको भन्ने आम धारणा तथ्यगत नभएको बताउनुभएको छ।

प्रदेश सरकारको कुल बजेटको ठूलो हिस्सा विकास निर्माण तथा दीर्घकालीन सम्पत्ति सिर्जनामा खर्च हुने भएकाले प्रदेश संरचनालाई अनावश्यक बोझका रूपमा बुझ्न नहुने उहाँको भनाइ छ।

मुख्यमन्त्री थापा मगरका अनुसार बागमती प्रदेश सरकारको चालु आर्थिक वर्षको कुल बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ रहेको छ। त्यसमध्ये तलब, भत्ता, कार्यालय सञ्चालन, मर्मतसम्भार तथा सामाजिक सुरक्षालगायत नियमित प्रकृतिका कार्यक्रममा २२ अर्ब ९६ करोड रुपैयाँ अर्थात् ३४ दशमलव ३१ प्रतिशत मात्रै खर्च हुने उहाँले बताउनुभयो।

त्यस्तै, विकासतर्फ ४३ अर्ब ९७ करोड रुपैयाँ अर्थात् कुल बजेटको ६५ दशमलव ६९ प्रतिशत विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो। उक्त रकम दीर्घकालीन सम्पत्ति निर्माण तथा नागरिकको दैनिक जीवन सहज बनाउने पूर्वाधार विकासमा खर्च हुने उहाँको भनाइ छ।

प्रदेश संरचनामा सुधारको आवश्यकता रहेको स्वीकार गर्दै मुख्यमन्त्री थापा मगरले सरकारले मन्त्रालयको संख्या घटाउनेदेखि विभिन्न कार्यालय गाभ्नेसम्मका काम गरिसकेको बताउनुभयो। प्रदेश सरकारको संरचना र खर्च व्यवस्थापनका विषयमा थप अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो।

उहाँले प्रदेश सरकार बोझिलो र खर्चिलो भएको भन्ने धारणा तथ्य नबुझी आउने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “प्रदेश सरकार बोझिलो भयो, खर्चिलो भयो भन्ने आम सर्वसाधारणले सायद नबुझेरै भन्नुभएको हुनुपर्छ।”

मुख्यमन्त्री थापा मगरले प्रदेश संरचनामा सुधार आवश्यक भए पनि सिंगो प्रादेशिक व्यवस्था मुलुकको आवश्यकता भएको दाबी गर्नुभयो। विकास निर्माणदेखि विपद् व्यवस्थापनसम्म प्रदेश सरकारको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ छ।

“चाहे विपद् आउँदा होस् या विकासका लागि, सिङ्गो प्रादेशिक व्यवस्था हाम्रो देशको आवश्यकता हो,” उहाँले भन्नुभयो।

प्रदेश सरकारलाई थप प्रभावकारी, व्यवस्थित र मितव्ययी बनाउने विषयमा निरन्तर अध्ययन तथा सुधारको प्रक्रिया अघि बढाइरहेको पनि मुख्यमन्त्री थापा मगरले बताउनुभयो।