११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी

पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी
अ अ+ अ-

काठमाडौं । वागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि, रोजगारी सिर्जना, उद्यमशीलता र स्थानीय अर्थतन्त्र विकासको महत्वपूर्ण आधार भएको बताउनुभएको छ ।

आइतबार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सचिव सुवेदीले पर्यटनलाई राष्ट्रिय समृद्धि र वातावरणीय दिगोपनासँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले नेपालको प्राकृतिक सौन्दर्य, हिमाल, पहाड, नदी, वनजङ्गल, जैविक विविधता तथा ऐतिहासिक सम्पदाको संरक्षणसँगै प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुभयो । नेपालको मौलिक संस्कृति र विविधता पर्यटन विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उहाँले यसको संरक्षण गरी नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपालको शान्ति, प्राकृतिक सम्पदा र सांस्कृतिक विविधता विश्वका पर्यटकका लागि आकर्षणको केन्द्र रहेको बताउँदै सचिव सुवेदीले यी सम्पदाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो ।

विश्वका १४ अग्ला हिमालमध्ये आठवटा नेपालमा रहेको तथा विभिन्न जातजाति र भाषाभाषीको विविधताले नेपालको पर्यटनलाई विशिष्ट बनाएको उहाँको भनाइ छ ।

सचिव सुवेदीले पर्यटन क्षेत्रको विकासका लागि वागमती प्रदेश सरकारले सन् २०२५ देखि २०४० सम्मको रणनीति बनाएर काम गरिरहेको जानकारी दिनुभयो । पर्यटन क्षेत्रलाई आर्थिक गतिविधि र रोजगारीसँग जोड्दै स्थानीय अर्थतन्त्रलाई थप बलियो बनाउने गरी प्रदेश सरकारले काम गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले पर्यटन क्षेत्रमा देखिने विभिन्न चुनौतीका कारण निर्धारित लक्ष्य हासिल गर्न कठिनाइ हुने गरेको उल्लेख गर्दै त्यसका बाबजुद पर्यटन विकासको रणनीतिअनुसार अघि बढिरहेको बताउनुभयो ।

वागमती प्रदेश सरकारले सन् २०२७ लाई ‘वेलनेस इयर’ का रूपमा मनाउने गरी तयारी गरिरहेको पनि सचिव सुवेदीले जानकारी दिनुभयो ।