११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु

वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण

वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा रोकिएपछि पनि केही दिनसम्म पहिरोको जोखिम कायमै रहने जनाएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले लगातारको वर्षाका कारण जमिन भिजिसकेकाले वर्षा रोकिए पनि पहिरोको जोखिम तत्काल नहट्ने बताउनुभयो । उहाँका अनुसार अहिले मुख्य जोखिम नदीको बहाव बढेर हुने कटान र पहिरो रहेको छ ।

महतले नदी कटानका कारण नदी आसपासका बस्तीसमेत जोखिममा पर्न सक्ने बताउनुभयो । आइतबार रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ्ने र बाढी तथा पहिरोको जोखिम कायमै रहने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “अहिलेको मुख्य जोखिम नदी कटान हो । कटानसँगै पहिरोको जोखिम पनि बढेको छ । अहिले नै जोखिम रोकिएको छैन । घाम लागे पनि भोलि–पर्सिसम्म पहिरो जाने सम्भावना रहन्छ, किनभने माटो धेरै भिजिसकेको छ ।”

बाढी र पहिरोका कारण विभिन्न राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक सञ्चालनमा ल्याउन सडक विभागले २५० भन्दा बढी उपकरण विभिन्न स्थानमा पूर्वतयारी अवस्थामा राखेको प्राधिकरणले जनाएको छ ।

वर्षाको मात्रा कम हुँदै गएपछि सडक खुलाउने कामलाई तीव्रता दिइने महतले बताउनुभयो । उहाँका अनुसार कतिपय स्थानमा सडक सञ्चालनमा आइसकेका छन् भने अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।

प्राधिकरणले नदी आसपास तथा पहिरोको जोखिम रहेका क्षेत्रमा अझै केही दिन सतर्कता अपनाउन आग्रह गरेको छ।