११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति

भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति
अ अ+ अ-
काठमाडाैँ । भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीबाट वागमती प्रदेशको पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

विश्व पर्यटन दिवस–२०२६ को अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोर्डका सदस्य शहदेव धमलाले बाढीबाट प्रदेशको पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी दिनुभएको हो।

उहाँका अनुसार बाढीका कारण वागमती प्रदेशमा १४२ भन्दा बढी पर्यटकस्तरीय तथा साना–मझौला होटल र ६५ भन्दा बढी रेस्टुरेन्टमा क्षति पुगेको छ। बाढीबाट पर्यटन क्षेत्रमा कार्यरत जनशक्तिले समेत ठूलो मानवीय क्षति व्यहोर्नुपरेको उहाँले बताउनुभयो।

धमलाका अनुसार बाढीमा परी पथप्रदर्शक, भरिया तथा सहयोगी भूमिकामा कार्यरत १८८ जनाभन्दा बढीको मृत्यु भएको छ। यस्तै, होटलमा कार्यरत २१४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको उहाँले जानकारी दिनुभयो।

मानवीय क्षतिको कुनै मूल्यसँग तुलना गर्न नसकिने भन्दै धमलाले पीडित परिवारको पुनःस्थापना र पर्यटन व्यवसायको पुनरुत्थानका लागि विशेष कार्ययोजना आवश्यक रहेको बताउनुभयो। विपद्पछिको पुनःस्थापना र पुनरुत्थानका लागि स्थानीय, प्रदेश र संघीय सरकारले उपलब्ध स्रोत तथा साधनको अधिकतम उपयोग गर्दै एकीकृत रूपमा काम गर्नुपर्ने उहाँको भनाइ छ।

उहाँले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि वागमती प्रदेशले विशेष कार्यक्रम अघि बढाउनुपर्ने बताउँदै त्यसमा नेपाल पर्यटन बोर्डले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।

बोर्डले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि ‘क्विक रेस्पोन्स टिम’ गठन गरी काम अघि बढाएको पनि धमलाले जानकारी दिनुभयो। उहाँका अनुसार विपद्का समयमा तत्काल प्रतिकार्य गर्न सक्ने संयन्त्र विकास गर्ने उद्देश्यले बोर्डले उक्त टोली गठन गरेको हो।

धमलाले नेपाल पर्यटन बोर्डले आफ्नो कार्यसम्पादनलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तथा ग्रामीण पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई समेत अघि बढाइरहेको जानकारी दिनुभयो।