९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह

विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड

विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड
अ अ+ अ-

काठमाडौं । विश्व फार्मासिस्ट दिवस–२०२६ को अवसरमा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले नेपालका सम्पूर्ण फार्मासिस्ट तथा औषधि क्षेत्रमा संलग्न सरोकारवालालाई शुभकामना व्यक्त गर्नुभएको छ।

महानिर्देशक भट्टराईले शुक्रबार जारी गर्नुभएको शुभकामना सन्देशमा सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधिमा प्रत्येक नागरिकको पहुँच सुनिश्चित गर्नु ‘स्वस्थ नेपाल’ निर्माणको राष्ट्रिय आकांक्षासँग जोडिएको उल्लेख गर्नुभएको छ।

यस वर्षको विश्व फार्मासिस्ट दिवसको अन्तर्राष्ट्रिय नारा ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ’ रहेको छ।

विभागका अनुसार दक्ष र सशक्त फार्मासिस्ट सबल औषधि प्रणाली तथा समयमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने आधारस्तम्भ हुन्। दिवसका अवसरमा प्रत्येक बिरामीलाई सुरक्षित, गुणस्तरीय र प्रभावकारी औषधिको सहज पहुँच तथा उपलब्धता सुनिश्चित गर्न सबै सरोकारवालालाई एकीकृत प्रतिबद्धताका साथ अघि बढ्न विभागले आग्रह गरेको छ।

औषधिको तर्कसंगत प्रयोग, औषधिको प्रतिकूल प्रभावको निगरानी, औषधिको सुरक्षित प्रयोग, औषधिमा पहुँच, बिरामीको परामर्श तथा उपचारमा सहयोगलगायतका क्षेत्रमा फार्मासिस्टको नेतृत्वदायी भूमिका स्वस्थ नेपालको भविष्य निर्माणका लागि महत्वपूर्ण रहेको विभागले जनाएको छ।

त्यस्तै, डिजिटल स्वास्थ्य, कृत्रिम बौद्धिकता, टेलिफार्मेसी, औषधि प्रविधि, उन्नत औषधि उत्पादन, क्लिनिकल फार्मेसी अभ्यास, नियामकीय सहयोग तथा व्यावसायिक नेतृत्वजस्ता नयाँ प्रविधि र अभ्यासमा आधारित भएर युवा फार्मासिस्टले अनुसन्धान, प्रमाणमा आधारित अभ्यास तथा व्यावसायिक नेतृत्वमा आफूलाई सक्षम बनाउनुपर्नेमा विभागले जोड दिएको छ।

औषधिको गुणस्तर, सुरक्षा र प्रभावकारितामा सुधार ल्याउँदै फार्मेसी पेशा र फार्मासिस्टको महत्वपूर्ण पहिचान स्थापित गर्न नियामक निकाय, शैक्षिक संस्था, स्वास्थ्य सेवा प्रदायक तथा स्वयं फार्मासिस्टबीच थप सहकार्य आवश्यक रहेको विभागले जनाएको छ।