९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई

कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा
अ अ+ अ-

काठमाडाैँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा निर्माण गरिएको वैकल्पिक सडक मार्ग पुनः जोखिममा परेको छ ।

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण मुख्य सडक खण्डमा क्षति पुगेपछि यातायात सञ्चालन सहज बनाउन निर्माण गरिएको नयाँ ट्रयाकको तल्लो भागबाट त्रिशूली नदीले निरन्तर कटान गरिरहेको छ । नदीको कटानका कारण सडकको जग कमजोर बन्दै गएपछि वैकल्पिक मार्गसमेत भासिने जोखिम बढेको हो ।

बाढीपछि तत्काल यातायात सञ्चालनमा ल्याउने उद्देश्यले निर्माण गरिएको ट्रयाकको तल्लो तटीय क्षेत्रमा नदीले निरन्तर जमिन कटान गरिरहेको छ । पछिल्लो समय लगातार भइरहेको वर्षाका कारण नदीको बहाव बढ्दा कटान थप तीव्र बनेको बताइएको छ ।

कृष्णभीरको भौगोलिक अवस्था यसअघि नै संवेदनशील मानिँदै आएको छ । त्यसमाथि नदी कटान नरोकिँदा नयाँ ट्रयाक नै बग्ने अवस्था आउन सक्ने जोखिम देखिएको छ । तत्काल नदी नियन्त्रण तथा सडक संरक्षणका प्रभावकारी उपाय अवलम्बन नगरिए पुनः राजमार्ग सम्पर्क विच्छेद हुन सक्ने सरोकारवालाहरूले बताएका छन् ।

पृथ्वी राजमार्गका विभिन्न सात स्थानमा पहिरोका कारण सडक अवरुद्ध हुँदै आएको अवस्थामा कृष्णभीरको वैकल्पिक मार्गसमेत जोखिममा परेपछि यातायात सञ्चालनमा थप चुनौती देखिएको छ ।

सडक डिभिजन कार्यालयले प्राविधिक टोली परिचालन गरी सडकको अवस्थाबारे अनुगमन गरिरहेको भए पनि तीव्र नदी कटान नियन्त्रण गर्नु चुनौतीपूर्ण बनेको छ । काठमाडौंलाई देशका विभिन्न जिल्लासँग जोड्ने प्रमुख मार्गका रूपमा रहेको पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा तत्काल दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ ।

वैकल्पिक सडकसमेत असुरक्षित बन्दै गएपछि हजारौं यात्रु तथा ढुवानी सेवामा प्रत्यक्ष असर पर्न सक्ने देखिएको छ । नदी कटानले नयाँ ट्रयाक नै बगाउने जोखिम बढेपछि सडकलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा स्थानीय तथा सरोकारवालाले चासो व्यक्त गरेका छन्।