९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई

विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह

विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह
अ अ+ अ-

काठमाडाैँ । लुम्बिनी प्रदेश सरकारले सम्भावित विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

भारी वर्षाको जोखिमसँगै हुनसक्ने खतराबाट बच्न सर्वसाधारणलाई सुरक्षित अवस्थामा रहन आग्रह गरिएको हो । मौसम विज्ञान विभागले लुम्बिनीका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी तथा केही स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि प्रदेश सरकारले विपद् व्यवस्थापन संयन्त्रलाई सक्रिय बनाएको छ ।

प्रदेश सरकारले १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, स्थानीय तह तथा सामाजिक सङ्घसंस्थासँग समन्वय गरी सम्भावित जोखिम र प्रतिकार्यको तयारी गरिरहेका छन् ।

प्रदेशका जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रवाह, उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले सम्भावित विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको र प्रदेश सरकारले जिल्ला तथा स्थानीय तहसँग निरन्तर समन्वय गरिरहेको छ ।

प्रमुख सचिव विनोदबहादुर कुँवरले जोखिम क्षेत्र पहिचान गरी सोहीअनुसार विपद् प्रतिकार्यको तयारीलाई मजबुत बनाइएको छ । सुरक्षा निकाय, स्थानीय प्रशासन र सम्बन्धित सरोकारवाला निकायबीच सूचना आदानप्रदान तथा आवश्यक स्रोतसाधन परिचालनका लागि समन्वय भइरहेको छ ।

लुम्बिनी प्रदेशका पहाडी जिल्लामा पहिरो, भूक्षय र बाढीको जोखिम बढी रहेको छ भने तराईका जिल्लामा नदी तथा खोलामा पानीको सतह बढ्दा बाढी र डुबानको जोखिम बढ्ने देखिएको छ ।

प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले पनि आजदेखि १२ गतेसम्म सम्भावित भारी वर्षालाई मध्यनजर गर्दै सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न आग्रह गरेको छ ।

मन्त्रालयले बाढी, पहिरो, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम रहने भएकाले सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न अनुरोध गरेको हो ।