काठमाडाैँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभा (यूएनजीए) मा गरेको सम्बोधनको समग्र अन्तरवस्तु र प्रस्तुती सही रहेको बताउनुभएको छ ।
भट्टराईले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहको सम्बोधनप्रति प्रतिक्रिया जनाउँदै शैली र आस्था सबैको फरक हुनु स्वाभाविक रहेको उल्लेख गर्नुभएको हो ।
उहाँले प्रधानमन्त्री शाहलाई सम्बोधनका लागि बधाइसमेत दिनुभएको छ ।