काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनको समर्थन गर्नुभएको छ।
बाँस्कोटाले प्रधानमन्त्री शाहको सम्बोधन आफूलाई दृढ, सार्थक र जोडदार लागेको बताउनुभएको हो। उहाँले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थक नभए पनि प्रधानमन्त्री शाहले राष्ट्रसंघमा नेपालको भावना बोलेको भन्दै खुसी मनले समर्थन गरेको बताउनुभएको छ।
सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले भन्नुभएको छ, “प्रम बालेनको राष्ट्रसंघमा गरेको सम्बोधन दृढ र सार्थक र जोडदार लाग्यो। तर म रास्वपा हैन, उनले देशको भावना बोले–मैले खुसी मनले समर्थन गरेँ।”
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा जलवायु परिवर्तन, युद्ध तथा विश्वव्यापी असमानताले नेपालजस्ता मुलुकमा पारेको प्रभावलगायतका विषय उठाउनुभएको थियो।








