९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया

‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’

‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’
अ अ+ अ-

काठमाडाैँ । जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्रीले प्रधानमन्त्री बालेन्द्र साहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा जलवायु न्याय र नेपालको विपद्लाई मुख्य विषय बनाउनु सकारात्मक कदम भएको बताउनुभएको छ ।

प्रधानमन्त्रीको सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु संकट र विपद्को वास्तविक अवस्थालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै क्षेत्रीले त्यसलाई व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्न नेपालले देशभित्रै बलियो गृहकार्य र दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

प्रधानमन्त्रीको सम्बोधनको समीक्षा गर्दै उहाँले विगतमा राष्ट्रसंघीय मञ्चमा शान्ति, विकास र मानवअधिकारका विषयले प्राथमिकता पाउने गरेकोमा यसपटक जलवायु परिवर्तनलाई केन्द्रमा राख्नु रणनीतिक परिवर्तन भएको बताउनुभयो । भोटेकोशी र त्रिशूली जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीको विस्तृत चित्रण गर्दै नेपालले गर्न सकेका र नसकेका कामबारे विश्वसामु यथार्थ राख्नु सम्बोधनको महत्वपूर्ण पक्ष रहेको उहाँको भनाइ छ ।

नेपालको जलवायु परिवर्तनमा न्यून योगदान भए पनि त्यसको गम्भीर असर भोगिरहेको र नेपालमा आज देखिएको विपद् भविष्यमा अन्य मुलुकले पनि भोग्नुपर्ने अवस्था आउन सक्ने सन्देश प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायलाई दिएको क्षेत्रीले बताउनुभयो ।

प्रधानमन्त्रीले अघि सार्नुभएको क्षेत्रीय सहकार्यको प्रस्ताव पनि महत्वपूर्ण रहेको उहाँको भनाइ छ । हिमालसम्बन्धी मुद्दालाई क्षेत्रीय रूपमा उठाउन चीन र भारतसँग सूचना आदानप्रदान गर्ने, विपद् पूर्वसूचना प्रणाली सुदृढ बनाउने र त्यसमा नेपालले नेतृत्व लिने प्रस्ताव दूरगामी महत्वको रहेको उहाँले बताउनुभयो ।

तर अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहानुभूतिले मात्र पुनर्निर्माण र विकास सम्भव नहुने भन्दै क्षेत्रीले भोटेकोशी बाढी प्रभावित क्षेत्रको आगामी ७ देखि १० वर्षको पुनरुत्थान योजना तत्काल तयार गर्न सरकारलाई सुझाव दिनुभएको छ ।

विस्थापित समुदायलाई कहाँ पुनस्र्थापित गर्ने, सडक तथा जलविद्युत् आयोजना र चीनसँगको रणनीतिक व्यापारिक मार्गलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा विस्तृत योजना आवश्यक रहेको उहाँले बताउनुभयो । दीर्घकालीन योजना स्पष्ट भएपछि मात्र सरकारको बजेट, निजी क्षेत्रको सहयोग तथा अन्तर्राष्ट्रिय जलवायु कोष र द्विपक्षीय तथा बहुपक्षीय सहयोग परिचालन गर्न सहज हुने उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको माग गरिरहँदा देशभित्र भोटेकोशी लगायतका विपद् प्रभावित नागरिकलाई न्याय दिनु राज्यको प्राथमिक दायित्व भएको क्षेत्रीले बताउनुभयो । प्राप्त हुने विदेशी सहायता र राष्ट्रिय स्रोतलाई पारदर्शी रूपमा पूर्वाधार, बस्ती विकास, कृषि तथा आयआर्जनमा परिचालन गर्न सके मात्र जलवायु न्यायको वास्तविक अनुभूति नागरिकले गर्न सक्ने उहाँको धारणा छ ।

महासभाको साइडलाइनमा परराष्ट्रमन्त्रीले विभिन्न देशका समकक्षी तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिसँग गरेको भेटवार्ताले पनि अनुकूल वातावरण निर्माण गरेको क्षेत्रीले बताउनुभयो । न्यूयोर्कमा अन्तर्राष्ट्रिय नागरिक समाज तथा अभियन्ताले नेपालका लागि जलवायु न्यायको माग गर्दै दबाब सिर्जना गर्नुले नेपालको कूटनीतिक प्रयासलाई थप बल पुगेको उहाँको भनाइ छ ।

आगामी नोभेम्बरमा अस्ट्रेलिया र टर्किए सरकारको संयुक्त अध्यक्षतामा हुने ३१औँ राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) नेपालका लागि अर्को महत्वपूर्ण अवसर भएको क्षेत्रीले बताउनुभयो । न्यूयोर्कबाट उठेको विषयलाई कोपसम्म जोड्न नेपालले अहिलेदेखि नै तयारी थाल्नुपर्ने उहाँको सुझाव छ ।

नेपालले कोप सम्मेलनमा आफ्नै पेभिलियन स्थापना गरी भोटेकोशी विपद्का श्रव्यदृश्य सामग्री प्रदर्शन गर्ने, सरोकारवालासँग नियमित संवाद गर्ने तथा मन्त्रीस्तरीय द्विपक्षीय वार्तालाई तीव्रता दिनुपर्ने क्षेत्रीले बताउनुभयो । प्रधानमन्त्रीको सम्बोधनले कूटनीतिक ढोका खोले पनि त्यसलाई उपलब्धिमा बदल्न देशभित्र नीतिगत र प्राविधिक तयारी आवश्यक रहेको उहाँको भनाइ छ ।