९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया

लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु

लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु
अ अ+ अ-

काठमाडाैँ । लगातार वर्षापछि पृथ्वी राजमार्ग, कान्ति राजमार्ग र बीपी राजमार्गमा यातायात प्रभावित भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडकको नदीतर्फको ग्याबियन केही तल झरेको छ । हाल सञ्चालनमा रहेको सडकको माथिल्लो भागको स्लोपमा भने कुनै समस्या नदेखिएको सडक आयोजनाले जनाएको छ । लगातार वर्षा भइरहेकाले स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा रोक लगाएको छ । परियोजना टोलीले सडकको अवस्था निरन्तर निगरानी गरिरहेको छ ।

कान्ति राजमार्गमा हालसम्म मुख्य समस्या नदेखिए पनि स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा रोक लगाएको छ । त्रिभुवन राजपथमा भने कुनै समस्या नदेखिएकाले यातायात सुचारु रहेको छ ।

यस्तै, बीपी राजमार्गमा भर्खरै काम सुरु गरिएको खण्डको डाइभर्सनमा केही समस्या देखिएको छ । अन्य स्थानमा हालसम्म कुनै समस्या नदेखिएको जनाइएको छ । उक्त राजमार्गमा पनि स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा रोक लगाएको छ ।

सडकको अवस्थाबारे निरन्तर निगरानी तथा अनुगमन भइरहेको सम्बन्धित निकायले जनाएको छ । पछिल्लो अवस्था असोज ९ गते बिहान ९ः३० बजेसम्मको हो ।