८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द

भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द
अ+ अ-

चितवन । लगातार भइरहेको वर्षा र आगामी केही दिन अति भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमानपछि नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार सूचना जारी गर्दै यात्रु तथा सवारी साधनको सुरक्षालाई मध्यनजर गरी असोज ८ गते राति ८ बजेदेखि असोज ९ गते बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारी साधनको आवागमनमा रोक लगाइएको जनाएको हो ।

मौसममा आएको परिवर्तनका कारण चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा आगामी दिनमा अति भारी वर्षा हुनसक्ने सूचना मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त भएको प्रशासनले जनाएको छ । भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायत विपद्को जोखिम बढ्न सक्ने भएकाले सडकमा सवारी सञ्चालन रोक्ने निर्णय गरिएको हो ।

प्रशासनले यात्रु तथा सवारी चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त क्षेत्रमा नजान तथा सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

सडकको अवस्था तथा सुरक्षा व्यवस्थाबारे जानकारीका लागि नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३ र सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।