८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग

दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग
अ+ अ-
काठमाडाैँ । प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले दैलेखमा रहेको मिथेन ग्यासको व्यावसायिक उत्खनन तत्काल सुरु गर्न सरकारसँग माग गर्नुभएको छ। उहाँले वर्षौँदेखि अनिर्णित गुठी समस्या समाधान गर्न र १८ वर्षदेखि अलपत्र परेको माथिल्लो कर्णाली जलविद्युत आयोजना सरकारले आफैँ निर्माण गर्नुपर्ने बताउनुभएको छ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पोखरेलले पहाडी क्षेत्रमा बढ्दै गएको बँदेल आतङ्क नियन्त्रणका लागि आवश्यक कानुनी व्यवस्था गरी सुरक्षाकर्मी परिचालन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो।

उहाँले देशमा पटक–पटक देखिने एलपीजी ग्यासको अभाव अन्त्य गर्न स्वदेशमै रहेको ग्यास भण्डारको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। दैलेखका भैरवी गाउँपालिका, दुल्लु नगरपालिका, नारायण नगरपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिकाका ४० वडाभित्र चारवटा ठूला ग्यास भण्डार रहेको तथ्य प्रस्तुत गर्दै उहाँले जलजले क्षेत्रको मिथेन ग्यास उत्खनन गर्न सके नेपाललाई करिब ५० वर्षसम्म पुग्ने ग्यास उत्पादन गर्न सकिने दाबी गर्नुभयो।

सरकारले ग्यासको सम्भाव्यता उपयोग गर्नुको सट्टा भण्डारणस्थलमा ‘भोटे ताल्चा’ लगाएर राखेको आरोप लगाउँदै उहाँले अन्य सम्भावित स्थानबाट समेत व्यावसायिक उत्पादन गरी निर्यात गर्न सकिने बताउनुभयो।

सांसद पोखरेलले गुठी प्रथाका कारण देशभरका लाखौँ किसान समस्यामा परेको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न माग गर्नुभयो। उहाँका अनुसार दैलेखमा मात्रै ९३ हजार रोपनी, पहाडी जिल्लामा करिब साढे सात लाख रोपनी र तराईमा ६७ हजार बिघा जग्गा गुठीअन्तर्गत रहेको छ।

लालपुर्जा भए पनि गुठी जग्गा बिक्री गर्न, धितो राख्न तथा घरमा विद्युत् मिटरसमेत जडान गर्न नपाउने अवस्था रहेको उल्लेख गर्दै उहाँले संविधानको धारा २९० बमोजिम अविलम्ब गुठी विधेयक ल्याउन सरकारसँग माग गर्नुभयो।

९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना १८ वर्षदेखि निजी कम्पनीको कब्जामा परेर बन्धक बनेको उहाँले आरोप लगाउनुभयो। तुलनात्मक रूपमा कम लागतमा निर्माण गर्न सकिने राष्ट्रिय गौरवको आयोजना प्रवद्र्धक कम्पनीले अघि बढाउन नसकेको भन्दै उहाँले अब सरकारले नै आयोजना जिम्मा लिएर निर्माण कार्य अघि बढाउनुपर्ने बताउनुभयो।