८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह

एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग

एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग
अ+ अ-
काठमाडौं । दाङकी एक बालिकामा एचपीभी खोप लगाएपछि गम्भीर स्वास्थ्य समस्या देखिएको भन्दै प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्दिकीले दाङको घोराहीकी १२ वर्षीया आयशा परबिनको स्वास्थ्य अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै घटनाको छानबिन, उपचार र पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभएको हो ।

सांसद सिद्दिकीका अनुसार कक्षा ६ मा अध्ययनरत बालिकालाई एचपीभी खोप लगाएपछि स्वास्थ्यमा जटिलता देखिएको थियो । गम्भीर बिरामी भएपछि उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ दिनसम्म भेन्टिलेटरसहितको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

हाल बालिका घर फर्किए पनि उनका हातखुट्टा चल्न नसक्ने अवस्था रहेको सांसद सिद्दिकीले सदनलाई जानकारी गराउनुभयो । उहाँले घटनाबारे स्वास्थ्य मन्त्रालयले गम्भीरतापूर्वक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र पीडित परिवारलाई आवश्यक उपचार तथा उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

यसैगरी, सांसद सिद्दिकीले रसुवामा आएको बाढीका क्रममा बेपत्ता भएका नागरिकको खोजी कार्य र उनीहरूको अवस्थाबारे पनि सरकारसँग जवाफ माग गर्नुभयो । बेपत्ता नागरिकको अवस्था अझै स्पष्ट हुन नसक्नु दुःखद् रहेको भन्दै उहाँले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले देशमा बढिरहेको महँगी, नागरिकले भोगिरहेको आर्थिक संकट तथा आत्महत्याका घटनाप्रति समेत सरकारको ध्यानाकर्षण गराउनुभयो । महँगीका कारण नागरिकको दैनिकी कठिन बन्दै गएको भन्दै उहाँले आत्महत्याका घटना बढ्नुका कारण पहिचान गरी नागरिकको जीवनरक्षाका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने माग गर्नुभयो ।

सांसद सिद्दिकीले सरकार देशको जिम्मेवार अभिभावक भएकाले नागरिकका समस्याबारे ठोस योजनासहित सदन र जनतालाई जवाफ दिनुपर्ने बताउनुभयो।