८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह

जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग

जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग
अ+ अ-

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शम्भुप्रसाद ढकालले जेन–जी आन्दोलनका घाइते, शहीद परिवार तथा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका आश्रित परिवारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ढकालले राज्यले गरेका प्रतिबद्धता पूरा गर्न नसक्नु र परिवर्तनका लागि संघर्ष गरेका नागरिकलाई सडकमा अलपत्र पार्नु गम्भीर त्रुटि भएको बताउनुभयो।

उहाँले २०८२ मंसिर २४ गते जेन–जी आन्दोलनकारीसँग भएको सम्झौता अझै कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाउनुभयो। घाइते तथा शहीद परिवारले २३ बुँदे माग राखेर संघर्ष गरिरहेको उल्लेख गर्दै उहाँले राज्यले तत्काल सम्बोधन गर्न सक्ने मागमा समेत ढिलाइ गर्न नहुने बताउनुभयो।

सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै ढकालले भन्नुभयो, “खोलो तरेपछि लौरो बिर्सने हो ? परिवर्तनका लागि लडेका घाइतेहरू शरीरमा गोलीका छर्रा बोकेर देश–विदेशमा मजदुरी गर्न बाध्य छन्, यो राज्यका लागि लज्जाको विषय हो।”

उहाँले स्वास्थ्य मन्त्रालयसँग हालै भएको पाँचबुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो। साथै, कर्तव्य पालनाका क्रममा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई सरकारले उपलब्ध गराउँदै आएको १० लाख रुपैयाँको राहत अपर्याप्त रहेको भन्दै त्यसलाई पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो।