काठमाडाैँ । काभ्रेको रोसी गाउँपालिकामा खोलामा फसेको यात्रुवाहक बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरिएको छ ।
रोसी गाउँपालिका–७ कटुन्जेबाट थानसिंहतर्फ जाँदै गरेको बस खरिबोटस्थित खोला पार गर्ने क्रममा बीचमै फसेको थियो । बस खोलाको बीचमा फसेपछि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
विपद् व्यवस्थापन बेस भकुण्डेबेसीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुमन बुढाथोकीको कमान्डमा १० जना सुरक्षाकर्मी उद्धारका लागि घटनास्थलमा खटिएका थिए ।
प्रहरीका अनुसार बसमा सवार यात्रुहरू सबै सुरक्षित रहेका छन् ।