८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित

विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव

विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. लेखजंग थापाले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई शैक्षिक ‘लर्निङ प्लेटफर्म’ का रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकको मस्यौदा प्रतिवेदनमाथिको छलफलमा सहभागी हुँदै सांसद थापाले प्रयोगशालामा विज्ञ तथा विद्यार्थीलाई ‘अवलोकनकर्ता’ का रूपमा सहज पहुँच दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभएको हो ।

उहाँले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला प्राज्ञिक संस्था नभए पनि त्यहाँ हुने उच्चस्तरीय कार्यसम्पादन प्राज्ञिक व्यक्ति तथा विद्यार्थीका लागि अध्ययन र अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर बन्न सक्ने बताउनुभयो ।

प्रयोगशालामा प्रशिक्षण तथा सिकाइका लागि आउने व्यक्तिलाई अवलोकनकर्ताका रूपमा लिने वा नलिने विषयमा विधेयकमै स्पष्ट व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो । अवलोकनकर्ताका रूपमा आउने व्यक्तिबाट शुल्क लिने वा नलिने विषयसमेत स्पष्ट गर्नुपर्ने सांसद थापाले बताउनुभयो ।

उहाँले विदेशमा अध्ययन वा अवलोकनका लागि जाँदा निश्चित शुल्क तिर्नुपर्ने व्यवस्था हुने गरेको उल्लेख गर्दै राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पनि यस्तै प्रावधान राख्न सकिने धारणा राख्नुभयो ।

यस्तो व्यवस्था अहिले नै स्पष्ट गर्न सके भविष्यमा अवलोकन, प्रशिक्षण तथा अध्ययनसम्बन्धी गतिविधिलाई व्यवस्थित र नियमन गर्न सहज हुने उहाँले बताउनुभयो । साथै, यसले प्रयोगशालाको सञ्चालन प्रक्रियालाई दीर्घकालीन रूपमा थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।