७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणलाई नतिजामुखी ढंगले अघि बढाउँदै विद्युत सेवा थप भरपर्दो, गुणस्तरीय र ग्राहककेन्द्रित बनाउन निर्देशन दिनुभएको छ ।

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलाई बुधबार पद तथा गोपनीयताको शपथ गराउँदै मन्त्री श्रेष्ठले राज्यका निकाय जनताका सेवक भएकाले सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर जिम्मेवार ढंगले काम गर्नुपर्ने बताउनुभयो ।

त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध भई पुनः सञ्चालनमा आएको विद्युत प्रणालीलाई दीगो र भरपर्दो बनाउन विशेष ध्यान दिन उहाँले निर्देशन दिनुभयो । आगामी दिनमा विद्युतको माग र आपूर्तिको नियमित विश्लेषण तथा प्रक्षेपण गरी घरेलु, औद्योगिकलगायत सबै ग्राहकले २४ सै घण्टा गुणस्तरीय र भरपर्दो विद्युत प्राप्त गर्ने अवस्था सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ थियो ।

विषम परिस्थितिमा उपलब्ध स्रोत, साधन र जनशक्तिको पारदर्शी, मितव्ययी, दक्ष र उच्चतम उपयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई प्राधिकरणको कार्यसम्पादनको महत्वपूर्ण आधार बनाउन निर्देशन दिनुभयो ।

उहाँले विद्युत प्रसारण लाइन निर्माण तथा वितरण प्रणाली सुधारलाई उच्च प्राथमिकता दिन, रणनीतिक महत्वका आयोजनाको निर्माणलाई गति दिन तथा विपद्का कारण क्षतिग्रस्त विद्युत आयोजनाको पुनर्निर्माणमा अग्रसरता देखाउन पनि निर्देशन दिनुभयो ।

मन्त्रालय, प्राधिकरण तथा सम्बन्धित अन्य निकायबीच प्रभावकारी समन्वय कायम गरी राज्यका संरचनालाई थप बलियो, उत्तरदायी र परिणाममुखी बनाउनुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

हालैका विपद्का कारण ऊर्जा क्षेत्रमा उत्पन्न चुनौती सामना गर्न प्राधिकरणको आधारभूत तहदेखि नेतृत्व तहसम्म जिम्मेवारीपूर्वक खटिएका कार्यकारी निर्देशक श्रेष्ठले आगामी दिनमा पनि सोही प्रतिबद्धताका साथ काम गर्ने विश्वास व्यक्त गर्दै मन्त्री श्रेष्ठले उहाँलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव डा. जगदीश कर्माचार्यले नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठलाई बधाई दिँदै सरकारले उहाँको विज्ञता र योग्यताका आधारमा जिम्मेवारी दिएको बताउनुभयो । उहाँको नेतृत्वमा प्राधिकरणले आगामी दिनमा थप प्रभावकारी उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै कर्माचार्यले विपद्का कारण भएको जनधनको क्षति र त्यसबाट सिर्जित चुनौतीबीच प्राप्त नेतृत्वले सबै समस्याको सामना गर्दै संस्थालाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो।