६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह

प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद

प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद
अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली सार्वजनिक गर्दै नामावली सच्याउने तथा दाबी–विरोधका लागि असोज १२ गतेसम्मको समयसीमा तोकेको छ।

आयोगले आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको हो। सार्वजनिक सूचीमा गत भदौ १५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका नागरिकको विवरण समावेश गरिएको आयोगले जनाएको छ।

नाम, थर, जन्ममितिलगायत विवरणमा त्रुटि भए मतदाताले आयोगको वेबसाइटमार्फत अनलाइन आवेदन दिएर सच्याउन सक्ने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो।

उहाँका अनुसार असोज १ गतेदेखि १२ गतेसम्म मतदाताले आफ्नो विवरण जाँच गरी त्रुटि भए समयमै सच्याउन निवेदन दिन सक्नेछन्। अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले मात्र निर्वाचनमा मतदान गर्न पाउने कानुनी व्यवस्था रहेकाले विवरण यकिन गर्न आयोगले आग्रह गरेको छ।

आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिकका लागि दुईवटा विधि अपनाएको छ। राष्ट्रिय परिचयपत्रमा आबद्ध भइसकेका मतदाताले अनलाइन प्रणालीमार्फत तस्बिर तथा जैविक विवरण उपलब्ध गराउन सक्नेछन् भने राष्ट्रिय परिचयपत्रमा आबद्ध नभएका नागरिकले सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर विवरण उपलब्ध गराउनुपर्नेछ।

यस अवधिमा नामावलीमा अयोग्य व्यक्तिको नाम समावेश भएको भए हटाउन तथा नागरिकता त्याग गरिसकेका व्यक्तिको नाम हटाउनसमेत उजुरी वा निवेदन दिन सकिने आयोगले जनाएको छ।

तोकिएको समयभित्र प्राप्त हुने निवेदन तथा दाबी–विरोधमाथि आवश्यक छानबिन गरी आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने जनाएको छ।