काठमाडौं । टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई सहज र भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदीको आधिकारिक सर्भिस सेन्टर श्री जाल्पादेवी अटोवर्क्सले सेवा समय विस्तार गरेको छ।
असोज १ गतेदेखि लागू हुने गरी सर्भिस सेन्टरले बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा उपलब्ध गराउने भएको हो। यसअघि सेन्टरले बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म मात्र सेवा दिँदै आएको थियो।
सेवा समय विस्तारसँगै दिनभर सवारी सञ्चालन गर्ने यात्रु तथा मालवाहक व्यावसायिक सवारीका ग्राहकले साँझको समयमा समेत आवश्यक मर्मत तथा सर्भिस गराउन सक्नेछन्। ग्राहकको समय र सवारी सञ्चालनको आवश्यकतालाई ध्यानमा राखेर सेवा अवधि बढाइएको सिप्रदीले जनाएको छ।
श्री जाल्पादेवी अटोवर्क्समा टाटा कमर्सियल भेहिकलका लागि अत्याधुनिक डायग्नोस्टिक उपकरण, टाटा जेनुइन स्पेयर पार्ट्स, दक्ष तथा प्रशिक्षित प्राविधिक र सुरक्षा मापदण्डअनुसारको सेवा उपलब्ध रहेको जनाइएको छ।
कम्पनीका अनुसार अवैध तथा नक्कली पार्ट्स र लुब्रिकेन्टको प्रयोगले सवारीको इन्जिन, ब्रेक तथा क्लच प्रणालीमा समस्या निम्त्याउनुका साथै मर्मत खर्चसमेत बढाउन सक्छ। त्यसैले आधिकारिक सर्भिस सेन्टरबाट गुणस्तरीय मर्मत तथा सर्भिस गराउने व्यवस्था गरिएको हो।
विस्तारित सेवा समयले सवारीको डाउनटाइम घटाउन तथा नियमित काम प्रभावित नगरी मर्मतसम्भार गराउन ग्राहकलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ। साथै, आकस्मिक तथा नियमित मर्मतका लागि ग्राहकलाई थप विकल्प उपलब्ध हुने सिप्रदीले जनाएको छ।








