५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सिञ्चित क्षेत्रका किसानको लगत संकलन गर्दै सिक्टा सिँचाइ News Polar नेसनल प्याब्सन कास्कीको भाषाज्ञान प्रतियोगिता सम्पन्न, विभिन्न तहमा विद्यार्थी पुरस्कृत News Polar परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा News Polar आयोवामा नेपाली समुदायको विपद् सहयोग अभियान, ५ हजार ५८ डलर संकलन News Polar आफैं केही बनाउन सक्दैनौं भने अरुले बनाएका संरचना विनाश नगरेर भए पनि सहयोग गरौं: क्रान्तिशिखा धिताल News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको काम तीव्र News Polar करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु News Polar भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश News Polar राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन News Polar कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा News Polar ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता News Polar पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश News Polar टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द News Polar प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल

आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल
अ+ अ-

काठमाडौँ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निमित्त महानिर्देशक तारानाथ लुइँटेलले विद्यमान आपूर्ति प्रणालीका समस्या समाधान गर्न बजार अनुगमनलाई एकीकृत गरी ‘वान डोर’ प्रणाली लागू गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आयोजना गरेको ‘विद्यमान आपूर्ति प्रणालीका समस्या तथा समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले उपभोक्ता संरक्षण ऐन, २०७५ को प्रभावकारी कार्यान्वयन गर्न सके मात्रै आपूर्ति प्रणालीमा देखिएका धेरै समस्याको हल गर्न सकिने बताउनु भयो ।

उहाँले व्यवसाय क्षेत्रको स्वनियमन र उपभोक्ता अधिकार संरक्षणका विषयमा सबै सरोकारवाला निकाय गम्भीर भएर बजार अनुगमनमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

निमित्त महानिर्देशक लुइँटेलकाअनुसार उपभोक्ता संरक्षण ऐनले संघ, प्रदेश र स्थानीय तीनै तहलाई बजार अनुगमनको अधिकार दिएको छ ।

सम्बन्धित तह वा निकायको सहमतिमा वाणिज्य विभागका महानिर्देशकले अनुगमनको अधिकार प्रत्यायोजन गर्न सक्ने व्यवस्था रहेको रहेको पनि उहाँले बताउनु भयो ।

तर अधिकार प्रत्यायोजनको प्रक्रियामा विभिन्न अन्तरनिकाय समन्वयको अभावले समस्या सिर्जना भइरहेको उहाँको भनाइ छ । उहाँले आपूर्ति प्रणालीसँग जोडिएका कानूनहरुलाई समेत एकीकृत गरी समयानुकुल बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले उपभोक्ता संरक्षण ऐन, २०७५ को प्रभाव र कार्यान्वयनमा देखिएका व्यवहारिक कठिनाइको समीक्षा गर्न जरुरी रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘व्यवसाय क्षेत्रको स्वनियमनका र उपभोक्ता अधिकारका विषयमा सघन ढंगले हामी सबैले बजार छिर्नुपर्ने आवश्यकता रहेको छ । यो अहिलेको सबैभन्दा ठूलो समस्या हो । आपूर्ति व्यवस्थाको विषयमा धेरैवटा निकायभन्दा पनि उपभोक्ता संरक्षण ऐनको हामील कार्यान्वयन गर्न सक्यौँ भने विद्यमान आपूर्तिसम्बन्धी धेरै समस्या समाधान हुनसक्छन् । हामी सबैले प्रयत्न गर्यौँ भने वान डोर अनुगमन प्रणाली स्थापित गर्नसक्छौँ । उपभोक्ता संरक्षण ऐनमा चाहिँ केन्द्र, प्रदेश र स्थानीय तीनै तहको अनुगमन मेकानिजमको व्याख्या गरेको छ । उपभोक्ता संरक्षण ऐनको अधिकार प्रयोग गर्न दिने गरी सम्बन्धित तह वा निकायको सहमतिमा वाणिज्य विभागको महानिर्देशकले त्यो अधिकार दिन सक्छ । र त्यो व्यक्तिले गरेको अनुगमन स्थानीय तहको व्यक्तिले गरेको अनुगमन वा प्रदेशको व्यक्तिले गरेको अनुगमन वा अन्य निकायको कुनै पदाधिकारीले गरेको अनुगमन नै विभागले गरेको अनुगमन मानिन्छ । समस्या कहाँनिर छ भने सम्बन्धित तहको सहमतिमा भन्छ । गृहलाई चाहिँ जबरजस्ती सहमति लिन लाछौँ हामीले र सहायक प्रमुख जिल्ला अधिकारीज्यूहरुलाई ठाडै तोक्ने गरेका छौँ । यो जबरजस्ती सहमति गर्ने अभ्यास गरियो के । खाद्य प्रविधिको निरीक्षण अधिकृत जाँदा पनि, खाद्य अनुसन्धान अधिकृत जाँदा पनि उसलाई यो निरीक्षण अधिकृतको अधिकार भयो भने त वाणिज्य विभागै पुग्छ होला नि । त्यसकारण कानूनमा पनि ग्यापिङ धेरै छ । यसलाई एकीकृत गरेर सुधार गर्न पनि आवश्यक रहेको छ । अहिलेको ऐन उपभोक्ताको प्रस्पेक्टिभबाट हेर्दा अत्यन्तै कठोर छ । तर पहिलो प्रयत्न हो के उपभोक्ता संरक्षण ऐन २०७५ सालमा जारी भयो । अहिले हामी कार्यान्वयनको चरणमा छौँ । अब फेरबदल गर्ने, परिमार्जन गर्ने बेला भएको छ । ऐनको कारण सरकार र उपभनेक्तालाई कस्तो कस्तो समस्या भयो भन्ने कुरामा केलाएर हेर्ने अवस्था आएको छ ।’

उपभोक्ता संरक्षण ऐन कार्यान्वयनका क्रममा आम उपभोक्ता र सरकारले भोगेका समस्याको पहिचान गरी ऐन परिमार्जन गर्न आवश्यक रहेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल