काठमाडौं । फ्रान्स र सिङ्गापुरका लागि पूर्व भारतीय राजदूत एवं अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन संगठनका अध्यक्ष जावेद अश्राफले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटघाट गर्नुभएको छ।
अश्राफले अर्थमन्त्री वाग्लेको सम्मानमा आयोजना गर्नुभएको भेटघाटमा नेपाल–भारत सम्बन्ध, अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।
भेटघाटमा नेपालमा लगानी प्रवर्द्धन, व्यापार विस्तार तथा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको बताइएको छ।








