१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगले औरही गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गर्दा माछाका भूरा र दानालगायत खरिद वितरणका क्रममा झुट्टा बिल भरपाईका आधारमा बढी भुक्तानी लिई भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

आयोगका अनुसार तत्कालीन प्रशासकीय अधिकृत कुसियैतसहित पशु शाखा प्रमुख रमेशनारायण शर्मा, लेखापाल आशिषकुमार कामती र औरही गाउँपालिकाका–४ स्थित प्रगतिशील कृषक समूहका अध्यक्ष रामभजन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रकम रु आठ लाख दुई हजार ८७८ कायम गरी सजाय गर्न मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।




भर्खरै