काठमाडौँ; नेपालमा आइपरेको प्राकृतिक विपत्तिप्रति संसारभरबाट सहानुभूति जगाउने कार्य व्यापकरुपमा हुँदै आएको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा परि ज्यान गुमाएका सयौं नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्ने कार्य पनि संसारभर हुँदै आएको छ ।
एक्लो छैन नेपाल हामी पनि साथमा छौ भन्ने ऐक्यवद्धता नारासहित भइरहेको यो अभियानमा उज्वेकिस्तानको चर्चित एशिया इन्टरनेशनल युनिभर्सिटी पनि समेटिएको छ । एशिया इन्टरनेशनल युनिभर्सिटीका भाइस रेक्टर डा. किशन भण्डारीको नेतृत्वमा भएको यो कार्यक्रममा युनिभर्सिर्टीमा अध्ययनरत नेपाली विद्यार्थीहरुसहित विदेशी विद्यार्थीहरुको सहभागिता थियो ।
३३ हजार बढी विद्यार्थी अध्ययनरत एशिया इन्टरनेशलन युनिभर्सिटीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेपालप्रति आइपरेको यो विपत्तिमा ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकहरुको सम्मानमा द्धीप प्रज्ज्वलन गरिएको थियो । कार्यक्रममा युनिभर्सिटीका उच्च अधिकारीहरुको पनि उपस्थिति थियो ।







