१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा



अ+ अ-

काठमाडौं । चीन सरकारको सहयोगमा नेपाल पठाइएको आपत्कालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार अपराह्न काठमाडौं आइपुगेको छ। चीनको जनमुक्ति सेना (पीएलए) वायुसेनाको वाई–२०ए ठूलो ढुवानी विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।

सोही विमानमार्फत विपद् व्यवस्थापनमा सहयोग गर्न आउने चिनियाँ विशेषज्ञहरूको चौथो टोलीअन्तर्गत १० जना फरेन्सिक विज्ञ पनि काठमाडौं आइपुगेका छन्। उनीहरूले बाढी तथा विपद्का कारण ज्यान गुमाएका व्यक्तिहरूको पहिचान प्रक्रियामा सहयोग गर्ने बताइएको छ।

विमानस्थलमा आयोजित राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चीनका राजदूत  चाङ माओमिङ  र  विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन सहभागी भएका थिए। उनीहरूले चीनबाट प्राप्त राहत सामग्री ग्रहण गर्नुका साथै नेपाल आएका चिनियाँ विशेषज्ञ टोलीलाई स्वागत गरेका थिए।

तेस्रो चरणमा ल्याइएको राहत सामग्रीमा विपद्का कारण मृत्यु भएकाहरूको शव संरक्षणका लागि आवश्यक मर्चरी फ्रिजर, महामारी नियन्त्रण तथा रोकथामसम्बन्धी सामग्री तथा दैनिक उपभोगका अत्यावश्यक वस्तुहरू रहेका छन्।

विशेषगरी बाढी प्रभावित क्षेत्रमा बेपत्ता तथा मृतकको पहिचान चुनौतीपूर्ण बन्दै गएको अवस्थामा नेपाल आएका चिनियाँ फरेन्सिक विज्ञहरूले पीडितको पहिचान तथा शव व्यवस्थापन प्रक्रियामा तत्काल काम सुरु गर्ने जनाइएको छ।

यसैगरी, चीनले नेपाललाई उपलब्ध गराएको तेस्रो चरणको राहत सामग्रीमा विपद् उद्धार तथा राहत कार्यका लागि आवश्यक बेली पुल समेत समावेश गरिएको छ। बाढीका कारण सडक तथा पुलहरूमा पुगेको क्षतिले प्रभावित क्षेत्रसँगको यातायात सम्पर्कमा समस्या भइरहेका बेला बेली पुललाई महत्त्वपूर्ण सहयोगका रूपमा हेरिएको छ।

पहिलो चरणमा निर्माण गरिने बेली पुल जडानका लागि आवश्यक विशेष उपकरणहरू भने स्थलमार्गबाट लिजी–नेचुङ सीमा नाकामा पुगिसकेका छन्। ती उपकरणहरू नेपाल पक्षलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढिरहेको जनाइएको छ।

चीनले पछिल्लो विपद्पछि नेपाललाई राहत सामग्रीसँगै उद्धार, स्वास्थ्य, फरेन्सिक पहिचान तथा पूर्वाधार पुनःस्थापनाका क्षेत्रमा समेत सहयोग विस्तार गर्दै आएको छ।




भर्खरै