काठमाडौं । प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भदौ १८ गते बिहीबार अपराह्न ३ बजे बस्ने गरी बैठक बोलाइएको हो।
प्रधानमन्त्रीको आह्वानमा बस्न लागेको बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल तथा निर्णय हुने बताइएको छ ।








