१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा



अ+ अ-

काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा–मुग्लिङ सडकखण्डअन्तर्गत कृष्णभीरमा सडक पुनःसञ्चालनका लागि रुख कटानको काम सुरु गरिएको छ ।

बाढीका कारण सडक भासिएपछि अवरुद्ध बनेको उक्त क्षेत्रमा सडक खुलाउन निर्माण व्यवसायीले आवश्यक पूर्वतयारी थालेका हुन् । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की योजना प्रमुख सजना अधिकारीका अनुसार हाल २९ जना जनशक्ति परिचालन गरी सडकको दुवैतर्फबाट रुख कटान भइरहेको छ ।

सडक मर्मत तथा पहिरो व्यवस्थापनका लागि जियोटेक्निकल टोलीसमेत कार्यस्थलमा परिचालन गरिएको छ । नेपाल जियोटेक सोसाइटीले प्रभावित क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको छ ।

सोसाइटीले आज बेलुकीसम्म सडक खुलाउने प्रक्रियासम्बन्धी नक्साङ्कन (ड्रइङ) सहितको प्राविधिक प्रतिवेदन बुझाउने तयारी गरेको अधिकारीले बताउनुभयो । प्रतिवेदन प्राप्त भएलगत्तै पहिरो पन्छाउने र सडक सुचारु गर्ने काम औपचारिक रूपमा अघि बढाइने उहाँको भनाइ छ ।

हाल निर्माण व्यवसायी र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सडक सञ्चालनका लागि आवश्यक पूर्वतयारीलाई तीव्रता दिएका छन् ।




भर्खरै